बाजुराको हिमाली गाउँपालिकामा भएको जिप दुर्घटनामा घाइते भएकाहरूलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी थप उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेत लगिएको छ।
बाजुरा– बाजुराको हिमाली गाउँपालिकामा बिहीबार बिहान भएको जिप दुर्घटनामा घाइते भएका १३ जनाको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ। क्युडी गाउँबाट कवाडीतर्फ आउँदै गरेको बा प ०३–००१ ज ०३३८ नम्बरको जिप कच्ची सडक र क्षमताभन्दा बढी यात्रुका कारण अनियन्त्रित भई दुर्घटनामा परेको थियो।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवबहादुर चौधरीका अनुसार दुर्घटनामा परी दुई जनाको घटनास्थलमै र एक जनाको उद्धारका क्रममा मृत्यु भएको छ। घटनास्थलमै मृत्यु हुनेहरूमा ७६ वर्षीया विजौरा रोकाया र ७५ वर्षीया बाँचकला रोकाया छन् भने उद्धारका क्रममा ३५ वर्षीया जुनेली रोकायाको मृत्यु भएको हो।
घाइतेहरूमध्ये जीप चालक २३ वर्षीय गौरी बुढा, सोही गाउँपालिका–५ का ३५ वर्षीय बाँचलाल रोकाया, ७० वर्षीया भदौरी रोकाया, २२ वर्षीय बाँचधन रोकाया, र ४५ वर्षीय वीरबहादुर रोकाया लगायतलाई कर्णाली प्रदेशको प्रादेशिक अस्पताल सुर्खेत लगिएको सहायक प्रमुख जिल्ला अधिकारी शितलबहादुर रावलले जानकारी दिए।
एकै पटक सबै घाइतेलाई लैजान सम्भव नभएकाले पटक–पटक गरेर उद्धार गरी थप उपचारका लागि सुर्खेत पठाइएको उनले बताए। दुर्घटनापछि हिमाली गाउँपालिकाले घाइतेको उद्धारका लागि एम्बुलेन्स र स्वास्थ्यकर्मी परिचालन गरेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
