प्रदेशसभामा एमालेबाट ४०, कांग्रेसबाट २९, माओवादी केन्द्रबाट १३, राप्रपाबाट ६, एकीकृत समाजवादीबाट ४ र जसपाबाट एक जना सांसद छन्। सरकार गठनका लागि ४७ जना सांसदको समर्थन आवश्यक पर्छ।
काठमाडौँ– प्रदेश १ मा मुख्यमन्त्रीको दाबी पेस गर्न एक हप्ताको समय दिइएको छ।
प्रदेश प्रमुख पर्शुराम खापुङले आइतबार विज्ञप्ति जारी गर्दै पुस २४ गतेभित्र संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार गठनका लागि आव्हान गरेका हुन् ।
“संविधानको धारा १६८ को उपधारा १ बमोजिम मुख्यमन्त्री नियुक्तका लागि प्रदेशसभामा कुनै दलले स्पष्ट बहुमत प्राप्त गरेको नदेखिएकाले धारा १६८ को उपधारा २ बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत पुर्याएर मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गर्न प्रदेश प्रमुखले आह्वान गर्नु भएको छ”, प्रदेश प्रमुखको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
९३ सदस्यीय प्रदेशसभामा एमालेका ४०, कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६, एकीकृत समाजवादीका ४ र जसपाका एक जना सांसद छन्। सरकार गठनका लागि ४७ जना सांसदको समर्थन आवश्यक पर्छ।
अहिलेको सत्ता गठबन्धनलाई सरकार गठन गर्न आवश्यक बहुमत पुग्ने देखिन्छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
