प्रतितोला ३०० रुपैयाँ बढ्यो सुनको मूल्य

छापावाल सुन प्रतितोला एक लाख एक हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

काठमाडौँ– आइतबार नेपाली सुनचाँदी बजारमा सुनको मूल्य बढेको छ।

सन् २०२३ (नयाँ वर्ष)को पहिलो दिन सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको हो। बजारमा छापावाल सुन प्रतितोला एक लाख एक हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

तेजाबी सुनको मूल्य भने तोलाको एक लाख एक हजार २०० रुपैयाँ कायम भएको छ। यसैगरी चाँदीको मूल्य प्रतितोला एक हजार ४०० रुपैयाँ तोकिएको छ। शुक्रबार चाँदी एक हजार ३९५ रुपैयाँ थियो।