भारतमा आकर्षक तलबको लोभ देखाएर मानव बेचबिखनमा संलग्न दुई जनालाई पक्राउ गरी अनुसन्धान थालिएको छ।
काठमाडौँ– भारतमा आकर्षक तलबको लोभ देखाएर मानव बेचबिखनमा संलग्न दुई जनालाई पक्राउ गरी अनुसन्धान थालिएको छ। मानव बेचबिखन अनुसन्धान ब्युरो काठमाडौँका अनुसार सिन्धुलीका २४ वर्षीय राजकुमार अच्छामी र सिन्धुपाल्चोकका ४५ वर्षीय रेशमबहादुर खत्रीलाई पक्राउ गरी अनुसन्धान थालिएको हो।
उनीहरूलाई अदालतमा पेश गरिएकामा अदालतको आदेशअनुसार पाँच दिनको म्याद थप गरी विस्तृत अनुसन्धान थालिएको ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक रुगमबहादुर कुँवरले जानकारी दिए।
उनका अनुसार प्रतिवादी राजकुमार अच्छामीसमेतका व्यक्तिले जाहेरवालालाई भारतमा चालकको काममा लगाइदिने र खाना, बस्नबाहेक मासिक तलब ३५ हजार भारु तथा ओभरटाइमसमेत हुन्छ भनी प्रलोभनमा पारेर भारत लगी बन्धक बनाएर बेचबिखन गरेका खुलेको छ।
“अनुसन्धानमा पीडितलाई राजकुमारले गत वैशाख १९ गते काठमाडौँ बल्खुबाट पर्सा वीरगन्ज पुर्याइ रेशमबहादुरलाई हस्तान्तरण गरेका गरेका थिए। त्यहाँबाट उनले अटोरिक्सामा राखी भारतको रक्साल हुँदै पटना पुर्याएका हुन्”, प्रहरी उपरीक्षक कुँवरले भने।
पटनास्थित पुनपुन अजय स्टेसनमा रहेको वेल स्टार डाइनामिक कम्पनीमा प्रतिव्यक्ति १० हजार रुपैयाँ तिर्न लगाइ सात दिनसम्म तालिमका नाममा बन्धक बनाई शारीरिक तथा मानसिक यातना दिएका अनुसन्धानमा खुलेको प्रवक्ता कुँवरले बताए।
“पटनामा अन्य मानिसलाई फेसबुकमा इन्भाइट गर्न लगाई जाहेरवालालगायत अन्य पीडितलाई उक्त ठाउँमा घर परिवारसँग सम्पर्क हुन नदिने तथा खान बस्न नदिइ डर, त्रास, धाकधम्की दिई फेसबुक मेसेन्जरमा अन्य मानिससँग नयाँ आइडी बनाई कुरा गर्न लगाएका थिए,” उनले भने। विभिन्न प्रलोभनमा पारी भारत बोलाई मोबाइलबाट अनलाइन स्क्यामिङका काम गर्न बाध्य बनाएका पाइएको पनि उनले बताए।
दुई लाख बराबरको रकम लिई सो रकमको कपडा किन्न लगाई जबरजस्ती कागजसमेत गरी करिब थप दुई महिनासम्म बन्धक बनाएको पाइएको प्रहरी उपरीक्षक कुँवरले जानकारी दिए।
दुई महिनामा पछि पीडित उम्किएर साउन १ गते नेपाल आएका र ब्युरोमा मानव बेचबिखन तथा ओसारपसारअन्तर्गत मानव तस्करी कसुरमा जाहेरी दर्ता गरेका थिए।
जाहेरीको अनुसन्धान गरी साउन ५ गते मुद्दा दर्ता गरिएका उनीहरुको खोजतलासका क्रममा राजकुमार अच्छामीलाई काठमाडौँको बल्खुबाट र रेशमबहादुर खत्रीलाई पर्सा पक्राउ गरिएको कुँवरले बताए।
आवश्यक कानूनी प्रक्रिया पूरा गरी काठमाडौँ जिल्ला अदालतमा पेश गरिएकामा उनीहरूलाई पाँच दिनको म्याद थप भई अनुसन्धान थालिएको उनले जानकारी दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
