सिरहाको मिर्चैया नगरपालिका–५ स्थित 'हिल पार्क' नजिक साइकल दुर्घटनामा परी एक बालकको मृत्यु भएको छ भने अर्का बालक घाइते भएका छन्।
सिरहा– सिरहाको मिर्चैया नगरपालिका–५ स्थित 'हिल पार्क' नजिक बिहीबार साइकल दुर्घटनामा परी १३ वर्षीय अभिषेक मण्डलको मृत्यु भएको छ। सोही दुर्घटनामा १२ वर्षीय विकास ठाकुर घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक वीरेन्द्र पासवानका अनुसार, विद्यालयबाट फर्किएपछि घुम्न गएका ती बालकहरू साइकल दुर्घटनामा परेका हुन्। ओरालो बाटोमा साइकलको गति नियन्त्रण गर्न नसक्दा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
गम्भीर चोट लागेका मण्डलको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो। घाइते ठाकुरको भने मिर्चैया अस्पतालमा उपचार भइरहेको छ।
स्थानीयका अनुसार, हिल पार्क जाने बाटो अप्ठ्यारो भएकाले त्यस क्षेत्रमा दुर्घटनाको जोखिम बढेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
