चारै जना मन्त्रीले शुक्रबार ‘ह्वाट्सप’ मार्फत मुख्यमन्त्री लामालाई राजीनामा बुझाएका थिए।
काठमाडाैँ– बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङले चार जना मन्त्रीलाई पदमुक्त गरेका छन्।
मुख्यमन्त्री लामाले आन्तरिक मामिला तथा कानूनमन्त्री सुरजचन्द्र लामिछाने, संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी, सहकारी तथा गरिबी निवारणमन्त्री मदुकुमार श्रेष्ठ, युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनलाई पदमुक्त गरेका हुन्।
मुख्यमन्त्री लामाले प्रदेश प्रमुख दीपकप्रसाद देवकोटालाई पत्राचार गर्दै नेपालको संविधान २०७२ को धारा १६९ (२) (ख) बमोजिम चार जना मन्त्रीहरूलाई पदमुक्त गरिएको जानकारी गराएका हुन्।
चारै जना मन्त्रीले शुक्रबार ‘ह्वाट्सप’ मार्फत मुख्यमन्त्री लामालाई राजीनामा बुझाएका थिए। ती चारै जना मन्त्री नेपाली कांग्रेसबाट सरकारमा सहभागी थिए।
राजीनामा दिएसँगै मुख्यमन्त्री लामाविरुद्ध शुक्रबार नै चार मन्त्रीसहित २१ जना प्रदेशसभा सदस्यले कांग्रेस संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गरेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
