मधेशमा खडेरी: धान खेतमा चिरा, किसानमा निराशा (तस्वीरहरू)

पानी नपर्दा किसानको धानका ब्याड सुक्न थालेका छन् भने बोरिङको पानीले रोपाइँ गरेका खेतमा पनि धाँजा फाट्न थालेको छ।

तस्वीरहरू: नेपाल फोटो लाइब्रेरी

काठमाडौँ– यतिबेला तराई–मधेसले भीषण खडेरीको सामना गरिरहेको छ।

लामो समयदेखि पानी नपर्दा र भूमिगत जलस्रोतको अति दोहनले मधेशका आठै जिल्लामा सुक्खाको समस्या विकराल बन्दै गएको छ। यसको सीधा असर धान रोपाइँमा परेको छ, जसले गर्दा यस क्षेत्रका किसान चिन्तामा छन्।

null

मधेश प्रदेशअन्तर्गत भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार हालसम्म मधेश प्रदेशमा जम्मा ४७ प्रतिशत मात्र धान रोपाइँ सम्पन्न भएको छ।

null

पानीको अभावमा किसानका धानका ब्याड सुक्न थालेका छन् भने, बोरिङको पानी प्रयोग गरी रोपाइँ गरिएका खेतमा पनि धाँजा फाट्न थालिसकेको छ।

null

महोत्तरीको मटिहानी नगरपालिकाका कृषक इस्लाम कवाडीले यस वर्ष खेतीका लागि मात्र नभई पिउनका लागि पनि कलमा पानी नआएको सुनाए। “खेती पनि आकाशको पानीको भरमा गर्नु पर्ने, खै यो साल त खेती हुँदैन होला,” उनले निराशा पोखे।

​​​​​​null

यस्तै, सोही ठाउँकी शान्ति खतवाको खेतमा पनि यस वर्ष खडेरी र सुक्खाका कारण खेती हुन सकेको छैन। “पैसा हुनेहरूले पम्पसेटको प्रयोगले धान रोपे पनि हामीहरू आकाशको पानीमै भर पर्नुपरेको छ,” उनले भनिन्।

null

मधेश क्षेत्रका किसान स्थानीय सरकारलगायत सम्बन्धित निकायको सहयोग र सहायताका लागि पर्खिरहेका छन्। यसैबीच, शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले हेलिकप्टरबाट मधेशको सुक्खाग्रस्त खेत अवलोकन गरेका छन्।

null

मधेश प्रदेश सरकारको सिफारिसमा संघीय मन्त्रिपरिषद्ले उक्त प्रदेशलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिसकेको छ।

nullnullnullnull