नेपालमा विद्युतीय फोहोर (ई-वेस्ट)को उचित व्यवस्थापनका लागि कानूनी व्यवस्थाको अभाव खट्किएको छ। यो समस्याले वातावरण र मानव स्वास्थ्य दुवैमा नकारात्मक असर परिरहेको सरोकारवालाले औँल्याएका छन्।
काठमाडौँ– विद्युत् र इन्धन प्रयोग गरी सञ्चालन गरिने उपकरणबाट निस्कने फोहोर व्यवस्थापनमा कानूनी व्यवस्थाको खाँचो औँल्याइएको छ।
विद्युतीय सामग्री उत्पादक कम्पनी र आयातकर्तालाई नै त्यस्ता सामग्री बिग्रिएपछि उत्पादन हुने फोहोर व्यवस्थापनमा जिम्मेवार बनाउने कानूनी प्रावधान आवश्यक रहेको डोको रिसाइक्लर्स प्रालिका प्रमुख कार्यकारी निर्देशक पंकज पञ्जियारको तर्क छ। उत्पादककर्ताले बजारमा आफ्ना उत्पादन पठाएपछि निस्कने फोहर व्यवस्थापनको जिम्मेवारी सिद्धान्ततः सोही कम्पनीकै भएकाले बाध्यात्मक कानूनी व्यवस्थासहित उचित प्रबन्ध मिलाउन सरकारलाई डोको प्रालिको सुझाव छ। विद्युतीय मात्र नभई प्लास्टिकजन्य फोहोर मानव स्वास्थ्य र वातावरणका हिसाबले हानिकारक मानिन्छ।
कुनै प्लास्टिक उद्योगले नेपालमा पाँच हजार टन उत्पादन गरेमा त्यसको पुनः प्रशोधन वा नष्ट गर्नेसम्मको जिम्मेवारी सोही कम्पनीको दायित्व रहने कानुनी प्रावधान हुनुपर्ने वातावरण संरक्षणकर्मीको धारणा छ। उचित व्यवस्थापनको जिम्मा उत्पादक कम्पनीलाई दिँदा ठूलो दायित्व नपर्ने उनीहरूको भनाइ छ।
विद्युतीय फोहोरबाट वातावरण संरक्षणमा प्रत्यक्ष असर परिरहेको अवस्थामा कानूनी प्रावधानसहित व्यवस्थापनसम्बन्धी कानूनी व्यवस्था गर्न सकिएमा वातावरण संरक्षणमा सहयोग पुग्ने विश्वास गरिएको छ। डोको रिसाइक्लर्सलगायत कम्पनीले ‘नयाँ धारणा, स्वच्छ सपना: फोहोर छुट्याउने हाम्रो चाहना’ नाराका साथ फोहर व्यवस्थापन अभियान सञ्चालन गर्दै आएका छन्।
नेपालमा यस विषयमा बहस शुरू भए पनि त्यसले कानूनीस्वरूप पाउन नसकेकाले अझै चुनौतीपूर्ण रहेको डोकोका निर्देशक पञ्जियारले बताए। हालसम्म आफूखुशी यस्ता कार्यक्रम गरिए पनि कानूनी प्रावधानसहितको आवश्यक प्रबन्ध मिलाउने दायित्व सरकारको भएको उनको भनाइ छ।
संस्थाले पोखरामासमेत अभियान सञ्चालन गरेको छ। डोकोले फोहर संकलन गरी भक्तपुरको सानोठिमी र सल्लाघारीस्थित प्रशोधन केन्द्रबाट विद्युतीय फोहोर छुट्याएर व्यवस्थापन गर्दै आएको छ। ती फोहोरबाट आम्दानीसमेत गरिएको छ।
विसं २०७४ देखि विद्युतीय फोहर सङ्कलन गर्दै आएको उक्त संस्थाले वातावरण संरक्षणमा हानिनोक्सानी नपुग्ने गरी फोहोर विसर्जन गर्दै आएको छ। विद्युतीय फोहोर प्रतिकिलो १५ रुपैयाँका दरले संकलन गरी पुनः प्रयोग गर्न सकिनेलाई उद्योगमै पठाउने गरिएको छ।
सो संस्थाले सन् २०१३ मा काठमाडौँ उपत्यकाबाट ३५० टन विद्युतीय फोहोर संकलन र प्रशोधन तथा एक हजार ६०० टन कागज, सिसा, फलामजस्ता फोहोर व्यवस्थापन गरेको जनाएको छ। त्यसबाट ८० जनाले प्रत्यक्ष रोजगारी पाएका छन्। नेपालमा १० वर्षअघि १३ हजार टन विद्युतीय फोहोर रहेकामा हाल वृद्धि भई ४२ हजार टनसम्म पुगेको संस्थाको अनुमान छ।
“यो औपचारिक रेकर्डसहितको तथ्यांक हो। १० वर्षमा तीन गुणासम्म फोहोर बढिरहेको छ। अहिले मूल्यवान् कबाडीजन्य सामग्री मात्र संकलन गरी लैजाने गरिएकामा सबै फोहोर उत्पादन कम्पनीले लैजाने व्यवस्था मिलाउनुपर्छ,” निर्देशक पञ्जियारले भने।
डोकोबाहेक अन्य कम्पनीले हेटौँडा र विराटनगरमा विद्युतीय फोहोर संकलन शुरू गरेको छ। प्राक्टिकल एक्सन नेपाल प्रोजेक्ट म्यानेजर रवीन श्रेष्ठका अनुसार विद्युतीय चुलोको प्रयोग अवधि सकिएपछि त्यसको व्यवस्थापनका लागि डोको रिसाइकल र हिम इलेक्ट्रोनिक्ससँगको सहकार्यमा वातावरणमैत्री फोहर विसर्जन र पुनः प्रयोग अघि बढाइएको छ। “सरकारले प्रभावकारी कानुनी प्रबन्ध गरी वातावरणमैत्री फोहर विसर्जन आवश्यक छ”, उनले भने।
नेपाल फूलबारी वेस्ट थ्री आर सोलुसन कन्ट्रोल सर्भिस प्रालिका सूचना अधिकृत अर्जुन खत्रीले प्रत्येक घरबाट संकलित फोहोरबाट जैविक र अजैविक छुट्याएर व्यवस्थापन गर्ने गरिएको जानकारी दिए। संकलित फोहोरमध्ये ६० प्रतिशत जैविक र त्यसमध्ये पनि ३५ फोहर पशुजन्य आहारका रूपमा प्रयोग गर्ने गरिएको छ।
सिसा, धारिला वस्तु, टुटेफुटेका सेरामिकलगायत अजैविक फोहर टुक्रा बनाएर सडक ग्राभेलका क्रममा खाल्डाखुल्डीमा पुर्ने गरिएको जानकारी दिँदै उनले कागज, विद्युतीय सामग्री, प्लास्टिकलगायत फोहर पुनः प्रयोगका लागि कच्चापदार्थका रूपमा उद्योगमा पठाउने गरिएकाले आयआर्जनको गतिलो स्रोत बनेको बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
