काठमाडौँ उपत्यकामा भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।
काठमाडौँ– काठमाडौँ उपत्यकामा भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।
ललितपुरको बालकुमारीमा शनिबार मिनी ट्रकको ठक्करबाट एक पैदलयात्री महिलाको ज्यान गएको छ भने शुक्रबार काठमाडौँको भद्रकालीमा मोटरसाइकलको ठक्करबाट घाइते भएका एक स्कुटर चालकको उपचारका क्रममा मृत्यु भएको हो।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेका अनुसार, शनिबार दिउँसो ललितपुर महानगरपालिका–१९, बालकुमारीस्थित सडकमा ग्वार्कोबाट कोटेश्वरतर्फ आउँदै गरेको बा४ ख २४७७ नम्बरको मिनी ट्रकको ठक्करबाट एक पैदलयात्री महिलाको मृत्यु भएको छ। अन्दाजी २३ वर्षीया ती महिलाको परिचय भने खुलिसकेको छैन।
ठक्करबाट गम्भीर घाइते भएकी उनको बीएन्डबी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। मिनी ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रवक्ता घिमिरेले जानकारी दिए।
यता, काठमाडौँ महानगरपालिका–२९, भद्रकालीस्थित सडकमा बा ७५ प १९४४ नम्बरको स्कुटरलाई मोटरसाइकलले ठक्कर दिँदा स्कुटर चालक ललितपुर महानगरपालिका–१५, सातदोबाटो डेरा गरी बस्ने मकवानपुर बकैया गाउँपालिका–४ का ३८ वर्षीय रामकृष्ण बजगाईंको मृत्यु भएको छ।
मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका बजगाईंको पाटन अस्पताल ललितपुरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। ठक्कर दिने मोटरसाइकलको नम्बर खुलेको छैन भने चालकको खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
