सिरहामा प्रहरीले जाँचका लागि रोक्न खोज्दा भाग्ने प्रयास गरेका एक भारतीय नागरिकलाई गोली प्रहार गरी ५० ग्राम खैरो हिरोइनसहित नियन्त्रणमा लिएको छ।
सिरहा– नवराजपुर गाउँपालिका-४, कुसण्डीबाट प्रहरीले एक भारतीय नागरिकलाई लागुऔषधसहित पक्राउ गरेको छ। प्रहरीले ती व्यक्तिलाई नियन्त्रणमा लिन एक राउन्ड गोलीसमेत प्रहार गर्नुपरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वीरेन्द्र पासवानका अनुसार, पक्राउ पर्नेमा भारत, बिहारको मधुवनी जिल्लाका ३८ वर्षीय श्यामसुन्दर पासवान रहेका छन्।
शनिबार दिउँसो भारततर्फबाट नेपाल प्रवेश गर्दै गरेको बिआर ३२ एम ७३३८ नम्बरको मोटरसाइकललाई जाँचका लागि रोक्न खोज्दा चालक पासवानले मोटरसाइकल नरोकी भाग्ने प्रयास गरेका थिए।
त्यसपछि प्रहरीले पेस्तोलबाट एक राउन्ड गोली प्रहार गरी मोटरसाइकल नियन्त्रणमा लिएर चालक पासवानलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक पासवानले बताए।
पक्राउ परेका पासवानको साथबाट प्रहरीले ५० ग्राम खैरो हिरोइन बरामद गरेको छ। पासवानमाथि आवश्यक अनुसन्धान शुरू गरिएको प्रहरीले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
