सम्झौताअनुसार विसं २०८० जेठ २ गतेसम्म निर्माणको काम सम्पन्न गर्नुपर्ने भए पनि निर्माण व्यवसायीले विभिन्न बहाना बनाउँदै आलटाल गरेकाले पाँच वर्षसम्म पुल अलपत्र बनेको स्थानीय बताउँछन्।
काभ्रेपलान्चोक– काभ्रेपलान्चोक र सिन्धुपाल्चोकलाई जोड्ने चेहेरेस्थित सुनकोशी नदीमा निर्माण शुरू गरिएको पक्की पुल विगत पाँच वर्षदेखि अलपत्र अवस्थामा छ। पुल निर्माणको काम समयमै सम्पन्न नहुँदा भुम्लु गाउँपालिकाका हजारौँ नागरिकले सास्ती खेप्दै आएका छन्।
काभ्रेपलान्चोकको कोशीपूर्वस्थित भुम्लु गाउँपालिकाको सापिङका विभिन्न वडा तथा बस्तीहरूमा सडकको पहुँच पुर्याउने उद्देश्यले यो मोटरेबल पुल निर्माणका लागि सडक विभाग र अमर कन्स्ट्रक्सन प्रालिबीच विसं २०७७ भदौ १० गते ठेक्का सम्झौता भएको थियो। सम्झौताअनुसार विसं २०८० जेठ २ गतेसम्म निर्माणको काम सम्पन्न गर्नुपर्ने भए पनि निर्माण व्यवसायीले विभिन्न बहाना बनाउँदै काममा आलटाल गरेकाले पाँच वर्षसम्म पुल अलपत्र बनेको स्थानीय बताउँछन्।
विभागअन्तर्गतको पुल सेक्टर कार्यालयका इन्जिनियर निरोज महर्जनका अनुसार, पुल निर्माणको ठेक्का पाएको कम्पनीले विभिन्न बहानाको र कार्यालयले सम्पर्क गर्दासमेत सम्पर्कमा आएका छैनन्। सम्झौताको समयसीमाभित्र काम नगरेपछि पछिल्लो पटक विसं २०८१ वैशाख २० गते विभागीय निर्णयअनुसार एकैपटक २३ महिना २५ दिनका लागि म्याद थप गरिएको थियो। तर, निर्माण व्यवसायीले थपिएको समयमा पनि काम नगरेको र थपिएको म्याद गत जेठ ९ गते सकिएको महर्जनले जानकारी दिए।
उक्त पुल निर्माण गर्न भ्याटसहित ११ करोड सात लाख ४२ हजार २०० रुपैयाँमा ठेक्का सम्झौता भएको थियो। हालसम्म पुलको तीन वटा पिलर उठाउनुका साथै काभ्रेपलान्चोकतर्फ एउटा स्पान मात्रै तयार भएको इन्जिनियर महर्जनले बताए। निर्माण कम्पनीलाई मौखिक र लिखित रूपमा सम्झौताअनुसार काम गर्नका साथै बाढीबाट पुल जोगाउनका लागि नदी तटबन्धको काम गर्नसमेत निर्देशन दिँदै आइए पनि अटेर गर्दै आएको उनको भनाइ छ।
भुम्लु गाउँपालिका-१ का वडाध्यक्ष लेखबहादुर श्रेष्ठले निर्माणाधीन पुलको काम सम्पन्न नहुँदा नागरिकले ठूलो सास्ती खेप्नु परेको बताए। “पुल नबन्दा यहाँका नागरिकले १५ किलोमिटर बढी सडकको यात्रा गर्नुपर्ने बाध्यता छ, पुल बन्दा चार किमी मात्रै हिँडे पुग्थ्यो,” उनले भने।
श्रेष्ठका अनुसार अहिले स्थानीयले दोलालघाट हुँदै टार भएर १५ किलोमिटर बढी सडकको यात्रा गर्नुपर्ने बाध्यता छ। निर्माण व्यवसायीको लापरबाहीका कारण पुल बेवारिसे अवस्थामा रहेको बताउँदै उनले सडक विभाग र निर्माण कम्पनीका प्रतिनिधिसँग छलफल गरी यसको विकल्प खोजिने जानकारी दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
