खानेपानीको चरम अभाव देखिएपछि वीरगन्जमा नेपाली सेनाले दमकलको सहायताले पानी वितरण गरिरहेको छ।
मधेश प्रदेश यतिबेला खडेरी र सुख्खाको चपेटामा परेको छ। लामो समयसम्म वर्षा नहुँदा धान रोपाइँ हुन सकेको छैन भने कतिपय स्थानमा खानेपानीको समेत चरम अभाव सिर्जना भएको छ।

विशेषगरी वीरगन्ज महानगरपालिकाका ३२ वटै वडामा खानेपानीको समस्या विकराल बनेको छ। पालिकाको १९ नम्बर वडा (बिन्ध्यबासिनी टोल) र २४ नम्बर वडा (राम गडुवा टोल) लगायतका क्षेत्रमा खानेपानीको अभाव झन् बढेको छ।

खानेपानीको चरम अभाव देखिएपछि हाल नेपाली सेना, स्थानीय सरकार र खानेपानी संस्थानले पानी वितरण गरिरहेका छन्। नेपाली सेनाको मध्य पूर्वी पृतना हेडक्वाटरअन्तर्गतको २८ वाहिनीअन्तर्गत श्रीजंग गणले दैनिक तीन चरणमा (बिहान ७ बजे, दिउँसो २ बजे र साँझ ६ बजे) ६ वटा दमकलको सहायताले दैनिक ९० हजार लिटर पानी वितरण गरिरहेको गणपतिका प्रमुख सेनानी लोकेन्द्र कार्कीले बताए।

स्थानीय मोटर मियाँले सेनाले वितरण गरेको पानी नै अहिले खाना पकाउन र पिउनका लागि प्रयोग गरिरहेको बताए। उनका अनुसार गाउँका सबै चापाकल, इनार र कुवा सुकिसकेका छन् भने वर्षा पनि भएको छैन।

स्थानीय सुरजकुमार यादवले खानेपानीको समस्यामा कुनै पनि स्थानीय सरकार र राजनीतिक दलले सहयोग नगरेको गुनासो गरे। उनले अहिलेसम्म नेपाली सेनाले मात्र पानी दिएको र अन्य वडा वा पालिकाले केही नगरेको बताए।










Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
