पक्राउ पर्नेहरूमा दुई जना मनी एक्सचेन्ज सञ्चालक र एक जना रेस्टुरेन्ट व्यवसायी रहेका छन्। उनीहरू वर्षौंदेखि बिनाअनुमति विदेशी विनिमय कारोबारमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
कास्की– पोखराको लेकसाइड क्षेत्रमा गैरकानूनी रूपमा विदेशी मुद्रा सटही कारोबार गरेको आरोपमा पक्राउ परेका तीन जनालाई प्रहरीले आइतबार सार्वजनिक गरेको छ। प्रहरीले कास्कीको पोखरा महानगरपालिका–१७ पार्दी बिरौटाबाट छापा मारेर उनीहरूलाई पक्राउ गरेका हो।
पक्राउ पर्नेहरूमा दुई जना मनी एक्सचेन्ज सञ्चालक र एक जना रेस्टुरेन्ट व्यवसायी रहेका छन्। उनीहरू वर्षौंदेखि बिनाअनुमति विदेशी विनिमय कारोबारमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१३ का महुमुद्दिन एम अहमद, झापा दमक–४ घर भई हाल पोखरा–६, बैदाममा व्यवसाय गर्दै आएका राजकुमार बुढाथोकी र कास्कीको पोखरा–१९, पुरनचौरका खेमराज पौडेल रहेका छन्।
कास्कीका एसपी श्यामबाबु ओलियाका अनुसार, अहमदले रुपन्देही र कास्कीमा रेस्टुरेन्ट व्यवसाय गर्दै आएका थिए। त्यस्तै, बुढाथोकीले 'हिलारी मनी चेन्जर' सञ्चालन गर्दै आएका थिए।
उनले करिब २० वर्षदेखि मनी एक्सचेन्जको आडमा अवैध सटही गर्दै आएका प्रहरीले जनाएको छ।पौडेलले लेकसाइडस्थित 'सगरमाथा मनी चेन्जर'का सञ्चालक हुन्। उनले पनि १४ वर्षदेखि यो कारोबार गर्दै आएको खुलेको छ।
प्रहरीले छापा मार्ने क्रममा विदेशी र नेपाली नोट पनि बरामद गरेको छ। बरामद भएका मुद्रामा १९६ थान १०० दरका अमेरिकी डलर, तीन थान ५०० दरका युरो, आठ थान २०० दरका युरो, एक थान १०० दरका युरो, साथै ४३ लाख ७३ हजार रुपैयाँ (१००० दरका ४३७३ थान) र सात सय रुपैयाँ (१०० दरका ७ थान) नेपाली नोट रहेका छन्। हालको विनिमय दरअनुसार यी सबै नोटहरूको कुल मूल्य करिब ७५ लाख ९६ हजार ९०० रुपैयाँ बराबरको हुने प्रहरीले जनाएको छ।
प्रहरीले उनीहरूमाथि नेपाल राष्ट्र बैंक ऐन, २०५८ को परिच्छेद ११ अन्तर्गत दफा ९५ बमोजिम कसुर गरेको आरोपमा अनुसन्धान गरिरहेको जनाएको छ। घटनासँग सम्बन्धित अन्य व्यक्ति तथा कारोबारको खोजी पनि भइरहेको प्रहरीले बताएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
