पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–७ रमनटारस्थित सडकखण्डमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
मकवानपुर– पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–७ रमनटारस्थित सडकखण्डमा ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।
आइतबार दिउँसो हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको ना ६ ख ३०४० नम्बरको ट्रकले चितवनबाट हेटौँडातर्फ आउँदै गरेको बा प्र ०३–०४ प ११६२ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले दुर्घटनामा स्कुटर चालक चितवनको भरतपुर महानगरपालिका–११ निवासी ५१ वर्षीय मोतीबहादुर क्षेत्रीको मृत्यु भएको जानकारी दिए। दुर्घटनामा परेर गम्भीर घाइते भएका उनको हेटौँडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
दुर्घटनामा परेर सोही स्कुटरको पछाडि सवार भरतपुर महानगरपालिका–९ सरतपुर निवासी ३६ वर्षीया नरमाया गुरुङ घाइते भएकी छन्। उनको चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ। ट्रक चालकलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
