रुसको नर्डविन्ड एयरलाइन्सले आइतबारदेखि मस्को–प्योङयाङ सिधा व्यावसायिक हवाई उडान शुरू गरेको छ।
युक्रेनमा जारी सैन्य कारबाहीमा एशियाली सहयोगी उत्तर कोरियासँगको घनिष्ठ सम्बन्धको थप संकेतस्वरूप रुसले आइतबारदेखि उत्तर कोरियाका लागि सिधा व्यावसायिक उडान शुरू गरेको छ।
नर्डविन्ड एयरलाइन्सले सञ्चालन गरेको मस्को–प्योङयाङको पहिलो उडान स्थानीय समयअनुसार आइतबार अपराह्न ४ बजे उडेको थियो। उक्त विमान करिब आठ घण्टापछि उत्तर कोरियाको राजधानीमा अवतरण गर्ने तालिका रहेको छ।
रुसको यातायात मन्त्रालयका अनुसार यो रुट महिनामा एक पटक सञ्चालन गरिनेछ। टिकटको मूल्य ४५ हजार रुबल (५७० अमेरिकी डलर) तोकिएको छ। रुसी सरकारी समाचार संस्था तासका अनुसार मंगलबार प्योङयाङबाट मस्कोका लागि उडान हुनेछ।
कोभिड–१९ महामारीका बेला सन् २०२० मा रेल सेवा बन्द गरेका रुस र उत्तर कोरियाले गत असार १७ मा यसलाई पुनः सञ्चालनमा ल्याएका थिए।
हालैका वर्षमा रुस र उत्तर कोरियाबीच सैन्य सम्बन्ध घनिष्ठ बन्दै गएको छ। प्योङयाङले युक्रेनमा रुसको सैन्य कारबाहीलाई सघाउन सेना र हतियार उपलब्ध गराएको छ।
गत वर्ष रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उत्तर कोरियाको भ्रमण गर्दा दुई देशबीच आपसी रक्षा सम्झौतामा हस्ताक्षर भएको थियो। उत्तर कोरियाले गत वैशाखमा पहिलो पटक युक्रेनको सीमा क्षेत्रमा युक्रेनसँगको लडाइँका लागि रुसी सेनासँगै आफ्ना सैनिकको एक टुकडी तैनाथ गरेको पुष्टि गरेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
