इंग्ल्यान्डले स्पेनलाई पेनाल्टी सुटआउटमा ३–१ गोलअन्तरले हराउँदै महिला युरो २०२५ को उपाधि जितेको छ।
काठमाडाैँ– इंग्ल्यान्डले महिला युरो २०२५ को उपाधि जितेको छ।
आइतबार राति स्विटजरल्यान्डको सेन्ट ज्याकब स्टेडियममा सम्मपन्न खेलमा स्पेनलाई पेनाल्टी सुटआउटमा ३–१ गोलअन्तरले हराउँदै इंग्ल्यान्ड युरो च्याम्पियन बनेको हो।
निर्धारित र अतिरिक्त समयसम्म पनि १–१ को बराबरीमै सीमित रहेपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो।
युरो २०२२ को वेम्ब्ली फाइनलमा विजयी गोल गर्दै इतिहास रचेकी क्लोई केली फेरि नायिका बनिन्। उनले निर्णायक पेनाल्टी प्रहार गरेर इंग्ल्यान्डको जित निश्चित गरिन्। स्पेन लगातार ३ पेनाल्टीमा गोल गर्न चुक्ता हाना ह्याम्पटनले दुई वटा बचाइन्।
खेलको २५औँ मिनेटमा मरिओना काल्देन्तेको हेडर गोलले स्पेनलाई अग्रता दिलाएकी थिइन्। तर इंग्ल्यान्डले हार मानेन। शुरूआती ११ मा स्थान पाएकी लरेन जेम्सको स्थानमा मैदान प्रवेश गरेकी केलीले खेलमा नयाँ ऊर्जा ल्याइन्। उनले दिएको क्रसलाई अलेसिया रुसोले ५७औँ मिनेटमा हेड मार्फत गोल गर्दै खेल बराबरीमा ल्याइन्।
इंग्ल्यान्डको कुनै पनि टोलीले विदेशी भूमिमा जितेको पहिलो ठूलो उपाधि हो। साथै, प्रशिक्षक सरिना विगम्यानले दुई फरक देशबाट तीन युरोपेली उपाधि जित्दै आफूलाई विश्वकै उत्कृष्ट प्रशिक्षकको रूपमा स्थापित गरेकी छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
