रसुवास्थित गोसाइँकुण्डमा स्नान गर्ने क्रममा डुबेर बेपत्ता भएका मोरङका दुई युवाको शव सोमबार निकालिएको छ।
रसुवा– गोसाइँकुण्डमा स्नान गर्ने क्रममा मोरङका दुई युवाको डुबेर मृत्यु भएको छ ।
जिल्ला प्रहरी प्रमुख हेमबहादुर शाहीका अनुसार यसरी डुबेर मृत्यु हुनेमा बेलबारी नगरपालिका–११ का २८ वर्षीय मनोज न्यौपाने र विराटनगर महानगरपालिका–३ का २६ वर्षीय सुजन ढकाल रहेका छन्। आइतबार कुण्डमा स्नानका क्रममा बेपत्ता भएका दुवै जनाको शव सोमबार निकालिएको हो।
नेपाली सेनाको श्रीनाथगण, जिल्लास्थित सशस्त्र प्रहरी बल २० नम्बर गुल्म र नेपाल प्रहरीसहित स्थानीय होटल व्यवसायी समेतको सहयोगमा शव निकालिएको प्रहरी प्रमुख शाहीले जानकारी दिए।
प्रतिकूल मौसमका कारण सोमबार काठमाडौँबाट हेलिकोप्टर उड्न नसक्दा शव परीक्षणका लागि राजधानी लैजान समस्या परेको प्रहरीले जनाएको छ। मौसम खुलेमा मंगलबार बिहान काठमाडौँतर्फ शव लैजान आवश्यक व्यवस्था गरिएको सिम्रिक एयरले जनाएको छ।
समुद्र सतहदेखि चार हजार ३८० मिटरको उचाइमा रहेको तालमा स्नान गर्ने क्रममा डुबुल्की मार्दा कडा चिसो पानीको असरले रन्थनिएर लड्न गई डुबेर मृत्यु भएको हुनसक्ने स्थानीयको भनाइ छ। एक जना लडेपछि अर्काे साथीले समात्न खोज्दा दुवैको ज्यान गएको समेत आकलन गरिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
