नेप्से परिसूचकसँगै घट्यो कारोबार रकम

सोमबार नेप्से परिसूचक २.०७ अंकले घटेर २९६२.१३ को बिन्दुमा पुगेको छ।

काठमाडौँ– साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अंकको गिरावट देखिएको छ। यस दिन परिसूचकमा गिरावट आएसँगै कुल कारोबार रकम पनि घटेको छ।

सोमबार नेप्से परिसूचक २.०७ अंकले घटेर २९६२.१३ को बिन्द भएको हो। अघिल्लो कारोबार दिन आइतबार नेप्से परिसूचक २९६४.२० बिन्दुमा रोकिएको थियो।

आज कुल ३२१ कम्पनीको १९ अर्ब ३६ करोड ८ लाख ७३ हजार ३४ रुपैयाँ बराबरको चार करोड ४१ लाख २४ हजार ९२४ कित्ता शेयर कारोबार भएको छ। यसअघि आइतबार साढे २६ अर्ब रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो।

यस दिन सेन्सेटिभ इन्डेक्स ०.७८ अंकले घटेको छ भने फ्लोट इन्डेक्स र सेन्सेटिभ फ्लोट इन्डेक्स दुवै ०.३७ अंकले घटेका छन्।

आजको कारोबारमा चार वटा समूहको उपसूचक बढ्दा अरू सबै समूहको घटेको छ। विकास बैंक ३.०४, वित्त २.७५, उत्पादन तथा प्रशोधन १.७१ र व्यापार समूहको उपसूचक ३.२४ प्रतिशतले बढेको छ।

बैंकिङ ०.८९, होटल तथा पर्यटन ०.२८, जलविद्युत् ०.५०, लगानी ०.१०, जीवन बीमा ०.६६, लघुवित्त ०.३३, म्युचुअल फन्ड ०.२३, निर्जीवन बीमा ०.७२ र अन्य समूहको उपसूचक ०.७६ प्रतिशतले घटेको छ।

आज समता घरेलु लघुवित्त ९.९९, सान्भी इनर्जी ९.९२ र ट्रेड टावरको शेयर मूल्य ९.५३ प्रतिशतले बढेको छ। त्यस्तै, आज सबैभन्दा धेरै विन्दवासिनी हाइड्रोपावरका लगानीकर्ताले ८.४९ प्रतिशतले गुमाएका छन्। यस्तै, ग्रिन भेन्चरर्सको शेयर मूल्य ५.०८ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा आज शिवम् सिमेन्ट, हिमालयन डिस्टिलरी लिमिटेड, नाग्दी ग्रुप पावर र लुम्बिनी विकास बैंकको शेयर सबैभन्दा धेरै कारोबार भएको छ।