सिन्धुलीको गोलञ्जोर गाउँपालिका–६ बाट एकै परिवारका १६ जना सदस्य सम्पर्कविहीन भएका छन्। प्रहरीले स्थानीयसँग मिलेर उनीहरूको खोजी शुरू गरेको छ।
रामेछाप– सिन्धुलीको गोलञ्जोर गाउँपालिका–६, भण्डास बिप्पर कटेरीबाट एकै परिवारका १६ जना सदस्य सम्पर्कविहीन भएका छन्। स्थानीय करिब ५६ वर्षीया उर्मिला हायुको परिवारका छोरा, बुहारी, छोरी र एक ज्वाइँसहित १६ जना सम्पर्कविहीन भएका हुन्। उनीहरू प्रहरीले स्थानीयसँग मिलेर खोजी शुरू गरेको छ।
वडाध्यक्ष रवीन श्रेष्ठका अनुसार, बुधबार वा बिहीबार परिकारका १८ जना सदस्यको सामाजिक भत्ता बुझेर आएका हायु परिवार सोही भत्ता बुझेको भोलिपल्टबाट बेपत्ता हुनुले घटना रहस्यमय बनेको छ।
छिमेकीको घरनजिकै गोठमा बाँधेको पाडोलाई तीन दिनदेखि घाँस पानी हाल्न कोही नआएपछि घरमा हेर्न जाँदा सोमबार बिहान मात्रै उनीहरू घरमा नभएको पत्ता लागेको वडाध्यक्ष श्रेष्ठले जानकारी दिए।
हायुको घरको भान्सामा आगो लागेर सामान्य क्षति भएको छ। जलेको भान्सामा काटेर भाँडामा राखेको सुँगुरको मासु फेला परेको छ। घरपालुवा जनावर भैँसी, बाख्रा, कुखुरा भने अलपत्र अवस्थामा छन्। उनीहरू शुक्रबारबाट सम्पर्कविहीन भएका वडाध्यक्ष श्रेष्ठको अनुमान छ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सूर्यप्रसाद सुवेदीले हायुका परिवारका कुनै सदस्यसँग पनि सम्पर्क हुन नसकेको जानकारी दिए। घटनाबारे थाहा पाएपछि सोमबार बिहानै प्रहरी टोली हायुको घरमा पुगेको र अहिले प्रहरी र स्थानीय मिलेर उनीहरूको खोजी थालिएको उनले बताए।
वडाध्यक्ष श्रेष्ठका अनुसार, उर्मिलाको श्रीमान्को गतवर्ष निधन भएको थियो। “श्रीमान् पोहोर साल बित्नुभयो, उहाँहरूको १८ जनाको परिवार हो, ६ भाइ छोरा, बुहारी, ६ बहिनी छोरी छन्, तीमध्ये एउटी छोरी काठमाडौँतिर छिन्, एउटी बुहारी विदेशतिर छिन्, अरू सबै घरमै छन्, जेठो ज्वाइँ पनि उहाँहरूसँगै बस्दै आउनुभएको रहेछ,” श्रेष्ठले भने।
भत्ता ल्याएपछि घरको सुँगुर काटेर खाएको हायु परिवार कसैले थाहा नपाउने गरी घर छाडेर हिँडेको हुनसक्ने स्थानीयले आशंका गरेका छन्। “बैंकबाट ऋण लिनु भएको रहेछ, बैंकका मान्छे वडा कार्यालयमा पनि पटक–पटक आउने गरेका थिए, कतै पैसा ल्याएपछि बैंकबाट लिन आउँछ भनेर हिँड्नुभयो कि, अथवा अरू केही भयो कि, अहिले केही भन्न सकिने अवस्था नै रहेन,” श्रेष्ठले भने।
गोलञ्जोरबाट बेपत्ता भएका १६ जनामा उर्मिला हायूसहित कमला, कोमलमाया, उषा, सुजता, अस्मिता, राजु, हिमाल, लालबहादुर, वेगबहादुर, लक्षमण, सवर्ण, ओमकुमारी, अर्जुन, रियासा हायू र एक ज्वाइँ रहेका छन्। नेपाल न्युज बैंक
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
