बैंककस्थित खाद्य बजारमा सोमबार दिउँसो भएको सामूहिक गोलीकाण्डमा पाँच सुरक्षाकर्मीको ज्यान गएको छ भने अन्य तीन जना घाइते भएका छन्।
थाइल्यान्डको राजधानी बैंककस्थित एक प्रसिद्ध खाद्य बजारमा सोमबार दिउँसो भएको सामूहिक गोलीकाण्डमा पाँच सुरक्षाकर्मीको ज्यान गएको छ भने अन्य तीन जना घाइते भएका छन्।
प्रहरीका अनुसार, बैंककको बाङ सुए जिल्लामा रहेको 'ओर तो कोर' बजारमा दिउँसो १२:३१ बजे आक्रमणकारीले बन्दुक प्रहार गरेका थिए। गोली प्रहार गरेपछि आक्रमणकारीले आफैँलाई गोली हानी आत्महत्या गरेको प्रहरीले जनाएको छ।
प्रारम्भिक अनुसन्धानले घटनाको कारण व्यक्तिगत विवाद रहेको देखाएको छ। प्रहरीका अनुसार, आक्रमणकारी पहिले सोही बजारमा कार्यरत थिए र एक सुरक्षाकर्मीप्रति लामो समयदेखि आक्रोश राखेका थिए। प्रहरी अधिकारी सायाम बुनसोमले पत्रकारहरूलाई बताएअनुसार, यो जानकारी आक्रमणकारीकी श्रीमतीबाट प्राप्त भएको हो।
ओर तो कोर बजार बैंककको चाटुचाक बजारनजिकै पर्छ। यो पर्यटकहरूबीच अत्यन्त लोकप्रिय गन्तव्य मानिन्छ।
थाइल्यान्डमा बन्दुक नियन्त्रणका कानून कमजोर भएकाले यस्ता सामूहिक गोलीकाण्ड समय–समयमा हुँदै आएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
