सुक्खा पहिरोले डुम्रे–आँबुखैरेनी सडकखण्ड अवरुद्ध

सडकको बीच भागमा ठूला ढुंगा खसेका कारण राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रतीकात्मक तस्वीर

तनहुँ– मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत डुम्रे–आँबुखैरेनी सडकखण्ड अवरुद्ध भएको छ।

तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरमा आज साँझ खसेको सुक्खा पहिरोले राजमार्ग अवरुद्ध भएको हो। 

सडकको बीच भागमा ठूला ढुंगा खसेका कारण राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

पहिरो पन्छाएर हटाएर राजमार्ग सञ्चालनको प्रयास भइरहेको प्रहरी नायब उपरिक्षक अशोक थापाले जानकारी दिए।