ईश्वरपुर नगरपालिका–१, चौलिखामा रहेको टेमुको एकेडेमीमा अध्ययनरत छात्रालाई घर पुर्याउन गएको स्कुल बसले ओर्लने क्रममा किचेको प्रहरीले जनाएको छ।
बरहथवा– सर्लाही ब्रह्मपुरीमा स्कुल बसले किचेर सोमबार एक बालिकाको मृत्यु भएको छ।
ब्रह्मपुरी गाउँपालिका–७, मोहनगन्जमा म प्र ०३–००१ क २५४२ नं को स्कुल बसले किचेर सोही स्थानका रमेश महतोकी पाँच वर्षीया छोरी आशिका महतोको मृत्यु भएको हो।
ईश्वरपुर नगरपालिका–१, चौलिखामा रहेको टेमुको एकेडेमीमा अध्ययनरत छात्रा महतोलाई घर पुर्याउन गएको स्कुल बसले ओर्लने क्रममा किचेको प्रहरीले जनाएको छ।
घाइते बालिकाकालाई तत्काल जीवन नारायण अस्पताल बयलबास पुर्याए पनि चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए।
त्यस्तै, नारायणगढ–मुग्लिन सडकखण्डमा तेल बाकेको ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने घटनामा एक जना घाइते भएका छन्।
आज अपराह्न भरतपुर महानगरपालिका–२९ चौधकिलोमा नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ख १३६६ नं को तेल ट्यांकरले विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०३–००२ प ३८२९ नं को मोटरसाइकललाई ठक्कर दिएको हो।
दुर्घटनामा घाइते मोटरसाइकलमा सवार भरतपुर महानगरपालिका–११ बस्ने ३३ वर्षीय सागर कुमालको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए।
घाइते भरतपुर–१४ का ४७ वर्षीय कविराज विश्वकर्माको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
