मधेशमा खडेरीका कारण खाद्य संकटको जोखिम बढेपछि विज्ञहरूले जलवायु परिवर्तनका असरलाई ध्यान दिँदै धानबालीको सट्टा सुक्खा अनुकूल बाली लगाउन सुझाव दिएका छन्।
काठमाडौँ– मधेश प्रदेशमा खडेरीका कारण हुनसक्ने खाद्य संकट समाधानका लागि कृषि बाली परिवर्तन गर्न विज्ञले सुझाएका छन्। काठमाडौँमा आज आयोजित जलवायु न्यायसम्बन्धी कार्यक्रममा विज्ञहरूले जलवायु परिवर्तनका कारण समस्या थप बढ्दै जाने भन्दै सोहीअनुसार बाली विकास गरिनुपर्नेमा जोड दिएका हुन्।
कार्यक्रममा कृषिविज्ञ डा कृष्ण पौडेलले मधेशलगायत मुलुकका अधिकांश तराई क्षेत्रमा मनसुनको समयमा धानखेती हुँदै आएकामा खडेरीले समस्या पर्दै आएको र यस खाद्य सुरक्षा जोखिम बढ्ने भएकाले सुक्खा स्थान अनुकूल खेती गर्नुपर्ने बताए। उनले मधेश तथा तराई क्षेत्रमा देखिएको खडेरीको समस्या आकस्मिक नभएको भन्दै गम्भीर भएर सोच्नुपर्ने बताए।
“कृषि क्षेत्रमा प्रयोग गरिएको विषादी र रसायनले माटोको उर्वर शक्ति गुमाएको छ। हानिकारक ग्यासको उत्सर्जनले बढेका तापक्रमले खडेरीलगायत समस्या निम्तिएकाले समस्या समाधान हुने गरी सरकारले काम गर्नुपर्छ”, डा पौडेलले भने,“कृषि बालीमा सिर्जित समस्या समाधानका लागि भन्दै सरकारले घोषणा गरेअनुसार धेरै ‘डिपबोरिङ’ बनाउँदा दीर्घकालमा समस्या झन् बढ्न सक्छ। यो उपयुक्त उपाय होइन।”
वरिष्ठ अधिवक्ता पदमबहादुर श्रेष्ठले जलवायु परिवर्तनबाट मानव मात्र नभई वन्यजन्तु र वनस्पतिसमेत प्रभावित भएकाले ती क्षेत्रका मुद्दा उजागर हुनुपर्ने बताए। उनले जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय अदालतले वन्यजन्तु र वनस्पतिको मुद्दा उठाउन बाटो देखाएको उनले बताए।
वरिष्ठ अधिवक्ता राजु चापागाईंले जलवायु न्यायका लागि सरकारलगायत सरोकार भएकाहरूले भावी पुस्ताको अधिकारलाई समेत ध्यान दिनुपर्ने बताए। उनले दुई पुस्ताबीचको अन्तरसम्बन्ध मजबुत बताउन जलवायु परिवर्तनका मुद्दा सम्बोधन गर्नुपर्ने धारणा राखे।
सञ्चारिका समूहकी अध्यक्ष कमला पन्थीले जलवायु परिवर्तनबाट विशेष गरी महिलाहरू अन्यायमा परेको बताइन्। उनले सुक्खा भएसँगै पानीका लागि लामो यात्रा गर्नुपर्दा महिलाहरू नै बढी प्रभावित हुने गरेको उनको भनाइ छ। सञ्चारिका समूह र एक्सनएडको संयुक्त आयोजनामा कार्यक्रम भएको हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
