सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित अरनिको राजमार्ग र लमजुङको मर्स्यांदी गाउँपालिकास्थित बेँसीशहर–मनाङ सडकखण्ड पनि अवरुद्ध छन्।
काठमाडौँ– अविरल वर्षाका कारण देशभरका आठ राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन्।
प्रहरी प्रधान कार्यालयका अनुसार संखुवासभाको भोटखोला गाउँपालिकास्थित कोशी राजमार्ग, रसुवाको गोसाईंकुण्ड गाउँपालिकास्थित नेपाल–चीन नाका जोड्ने पुल, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित अरनिको राजमार्ग र लमजुङको मर्स्यांदी गाउँपालिकास्थित बेँसीशहर–मनाङ सडकखण्ड अवरुद्ध छन्।
गुल्मीको सत्यवती गाउँपालिकास्थित रुद्रवेणी बामी सडकखण्ड, गुल्मीकै चन्द्रकोट गाउँपालिकास्थित रिडी वामी सडकखण्ड, रुकुम पश्चिमको आठबिसकोट नगरपालिकास्थित जाजरकोट डोल्पा भेरी करिडोर सडकखण्ड र बैतडीको पाटन नगरपालिकास्थित दशरथ चन्द राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।
काठमाडौँको टोखाबाट नुवाकोट जाने सडकखण्ड, बागलुङको बागलुङ नगरपालिकास्थित कालीगण्डकी करिडोर, नवलपरासी पूर्वको गैँडाकोट नगरपालिकास्थित कालीगण्डकी करिडोर, मुस्ताङको थासाङ गाउँपालिकास्थित बेनी–जोमसोम सडक, तनहुँको बन्दीपुर गाउँपालिकास्थित पृथ्वी राजमार्ग र रोल्पाको परिवर्तन गाउँपालिकास्थित शहीद राजमार्गमा एकतर्फी रूपमा आलोपालो गरेर सवारी सञ्चालन भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
