बर्सेनि बाघको आहाराका लागि बजेट घट्दै जाने र नियन्त्रणमा लिनुपर्ने बाघको संख्या बढ्दै जाने हुँदा समस्या झन् जटिल बन्दै गएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ।
चितवन– चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रबाट नियन्त्रणमा लिइएका बाघ पाल्न बजेट अभाव भएको छ। दैनिक मासु खुवाउनुपर्ने र यसका लागि आवश्यक बजेट सरकारले उपलब्ध नगराउँदा निकुञ्जलाई समस्या भएको हो।
हाल चितवन राष्ट्रिय निकुञ्जका विभिन्न खोरमा सातवटा बाघ रहेका छन्। निकुञ्जको मुख्य कार्यालय कसरामा तीन, सौराहामा दुई र देवनगरमा दुई बाघ राखिएको छ। मानव बस्तीमा पसेर हिंस्रक गतिविधि गर्ने वा बिरामी भएका बाघलाई नियन्त्रणमा लिएर यसरी खोरमा राखिन्छ।
निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार यी बाघलाई पाल्न वार्षिक करिब ३० लाख रुपैयाँ बजेट आवश्यक पर्छ। एउटा बाघलाई दैनिक पाँचदेखि सात किलोसम्म राँगाको मासु खुवाउनुपर्ने हुन्छ। तर, सरकारले नियन्त्रणमा लिइएका बाघ पाल्नका लागि वार्षिक करिब पाँच लाख रुपैयाँ मात्रै बजेट छुट्याउने गरेको उनले बताए।
थापामगरले गत आर्थिक वर्षमा बाघको आहराका मासु खरिद गरेको २२ लाख रुपैयाँ हाराहारी भुक्तानी गर्न बाँकी रहेको जानकारी दिए। “एक महिनामा सात वटा बाघलाई दैनिक पाँच किलोका दरले राँगाको मासु खुवाउँदा मासिक दुई लाख रुपैयाँभन्दा बढी खर्च हुन्छ,” उनले भने, “बाघलाई दैनिक मासु खुवाइरहेको भए पनि रकम भुक्तानी गर्न नसकिएको अवस्था छ।”
बजेट अभावका साथै निकुञ्जमा खोरमा थप बाघ राख्ने ठाउँको पनि अभाव रहेको छ। ठाउँ अभावकै कारण गत वर्ष एउटा बाघ पर्सा राष्ट्रिय निकुञ्जमा पठाइएको थियो। बर्सेनि बाघको आहाराका लागि बजेट घट्दै जाने र नियन्त्रणमा लिनुपर्ने बाघको संख्या बढ्दै जाने हुँदा समस्या झन् जटिल बन्दै गएको थापामगरले बताए।
पछिल्लो गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा १२८ वयस्क बाघ रहेका छन्। आहारा प्रजातिको संख्या बढ्दै जाँदा बाघको संख्या पनि बढ्दै गएको छ। यो निकुञ्ज बाघका लागि राम्रो बासस्थान हो। यसका साथै, पर्यटकहरूलाई सहजै बाघ देखाउन देवनगरको खोरमा पनि बाघ राखिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
