मंगलबार नेप्से परिसूचक ३०.७६ अंकले बढेर ३००२.०७ बिन्दुमा पुगेर रोकिएको छ।
काठमाडौँ– साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक ३०.७६ अंकले बढेर ३००२.०७ बिन्दुमा पुगेर रोकिएको छ।
यसअघि नेप्से परिसूचक गणनामा भएको त्रुटिका कारण बजार घटेको भनिए पनि पछि बढेको देखिएको हो। अघिल्लो कारोबार दिन भने नेप्से परिसूचक २.०७ अंकले घटेको थियो।
यस दिन कुल ३२१ कम्पनीको १८ अर्ब ५२ करोड ९३ लाख २२ हजार ८८५ रुपैयाँ बराबरको चार करोड १८ लाख ८ हजार ९६६ कित्ता शेयर कारोबार भएको छ। आज अघिल्लो दिनको तुलनामा कारोबार रकम भने घटेको छ। सोमबार १९ अर्ब ३६ करोड रुपैयाँ बराबरको चार करोड ४१ लाख २४ हजार ९२४ कित्ता सेयर कारोबार भएको थियो।
मंगलबार सेन्सेटिभ इन्डेक्स ३.६६ अंकले बढेको छ भने फ्लोट इन्डेक्स १.९७ अंकले र सेन्सेटिभ फ्लोट इन्डेक्स १.१२ अंकले बढेको छ।
विकास ०.३६, वित्त ०.१२ र व्यापार समूहको उपसूचक ०.२५ प्रतिशतले घटेको छ भने अरूको बढेको छ। बैंकिङ १.३२, होटल तथा पर्यटन ०.३२, जलविद्युत् ०.४४, लगानी ०.९४, जीवन बीमा ०.७९, उत्पादन तथा प्रशोधन ०.९८, लघुवित्त १.६९, म्युचुअल फन्ड ०.८६, निर्जीवन बीमा १.१२, अन्य समूहको उपसूचक २.५८ प्रतिशतले बढेको छ।
यस दिन मुक्तिनाथ कृषि कम्पनी, ट्रेड टावर, सान्भी इनर्जी र नाडेप लघुवित्तको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सबैभन्दा धेरै समता घरेलु लघुवित्तका लगानीकर्ताले ८.६० प्रतिशतले गुमाएका छन्। यस्तै, बिन्ध्यवासिनी हाइड्रोपावरको शेयर मूल्य पनि २.९३ प्रतिशतले घटेको छ।
यस दिनको कारोबारमा हिमालयन डिस्टिलरी, ग्रिन भेन्र्चस, नेपाल रिइन्स्योरेन्स, हिमालयन रिइन्स्योरेन्स र राधी जलविद्युत्को शेयर सबैभन्दा धेरै कारोबार भएको छ। त्यस्तै, शेयर संख्याका आधारमा प्रभु बैंकको १८ लाख ५८ हजार २२३ कित्ता खरिदबिक्री भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
