अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्य गर्न नयाँ समयसीमा तोकेपछि रुसले गरेको हवाई आक्रमणमा एक गर्भवती महिला र १६ जना कैदीसहित २५ जनाको मृत्यु भएको युक्रेनले जनाएको छ।
युक्रेनका विभिन्न क्षेत्रमा हवाई आक्रमण गरी कम्तीमा २५ जनाको ज्यान लिएको केही घण्टामै रुसले शान्ति प्रक्रियाप्रति प्रतिबद्धता जनाएको छ। आक्रमणमा २३ वर्षीया एक गर्भवती महिला र १६ जना कैदीसमेत मारिएका छन्।
यी आक्रमण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसलाई युद्ध अन्त्य गर्न नयाँ समयसीमा तोकेपछि भएका हुन्। राष्ट्रपति ट्रम्पले रुसलाई युद्ध रोक्नका लागि तोकेको ५० दिनको समयसीमालाई छोट्याएर अब १० देखि १२ दिनमा झारेका छन्।
ट्रम्पले तोकेको समयसीमाभित्र आक्रमण नरोकिएमा कडा आर्थिक प्रतिबन्ध लगाउने चेतावनी दिएका थिए। पछिल्लो समय भएका यी आक्रमणले युद्ध अन्त्यका लागि गरिएका शान्ति प्रयासमा थप जटिलता उत्पन्न गरेको छ।
युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले दक्षिणी जापोरिझिया क्षेत्रको एक कैदीगृहमा जानाजान आक्रमण गरिएको आरोप लगाएका छन्। उक्त आक्रमणमा १६ कैदीको ज्यान गएको र ४० भन्दा बढी घाइते भएको बताइएको छ।
राष्ट्रपति जेलेन्स्कीले सामाजिक सञ्जालमा लेखेका छन्, “यो योजनाबद्ध हमला हो, दुर्घटनावश होइन। रुसले त्यहाँ सर्वसाधारण कैदी रहेको कुरा थाहा नपाउने कुरा सम्भव छैन।”
रुसी प्रवक्ता दिमित्री पेस्कोभले भने उक्त आरोप अस्वीकार गर्दै भने “रुसी सेनाले कहिल्यै सर्वसाधारणलाई लक्षित गर्दैन।”
युक्रेनी वायुसेनाका अनुसार रुसले ३७ ड्रोन र दुई मिसाइल प्रक्षेपण गरेको थियो। तीमध्ये ३२ वटा ड्रोनलाई युक्रेनी सेनाले खसालेको थियो। यद्यपि, डनिप्रो क्षेत्रको क्याम्यान्स्के शहरको एक अस्पतालमा भएको आक्रमणमा २३ वर्षीया गर्भवतीलगायत तीन जनाको मृत्यु भएको राष्ट्रपति जेलेन्स्कीले जानकारी दिए। यसैबीच, खार्किभ क्षेत्रमा भएका छुट्टाछुट्टै हमलामा ६ जनाको मृत्यु भएको छ।
युक्रेनी मानवअधिकार आयुक्त द्मित्रो लुबिनेत्सले जेलमाथिको आक्रमणलाई ‘युद्ध अपराध’को संज्ञा दिएका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, “कैदीले पनि जीवन र सुरक्षाको अधिकार गुमाउँदैनन्।”
रुस–युक्रेन युद्ध चौथो वर्षमा प्रवेश गरिरहँदा रुसी सेनाले नयाँ गाउँहरू कब्जामा लिएको दाबी गरेको छ। युक्रेनले आक्रमण रोक्न हर सम्भव प्रयास गरिरहे पनि रुसी फौज केही नयाँ क्षेत्रमा समेत अगाडि बढेको देखिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
