अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थानका अनुसार रुसको पेट्रोपाभ्लोभ्स्क–काम्चात्स्की शहरबाट करिब १३६ किलोमिटर टाढा १८.२ किलोमिटर गहिराइमा भूकम्प गएको छ।
रुसको सुदूरपूर्वी कामचट्का प्रायद्वीपमा ८.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ।
स्थानीय समय अनुसार बुधबार बिहान ११:१५ बजे शक्तिशाली भूकम्प गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।
अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थान (यूएसजीएस)का अनुसार भूकम्प रुसको पेट्रोपाभ्लोभ्स्क–काम्चात्स्की शहरबाट करिब १३६ किलोमिटर टाढा र १८.२ किलोमिटर गहिराइमा गएको हो।
बीबीसीका अनुसार भूकम्पबाट भएको क्षतिको विवरण प्राप्त भइसकेको छैन। भूकम्पपछि रुस, जापान र अमेरिकाको अलास्का तथा हवाईमा सुनामीको चेतावनी दिइएको छ। रुसको कामचट्काका केही भागहरूमा ३-४ मिटर उचाइको सुनामी रेकर्ड गरिएको छ।
उत्तरी जापानको होक्काइडो शहरमा ३० सेन्टिमिटरको पहिलो छाल आएको छ। अधिकारीहरूले त्यसपछिका छालहरू अझ ठूला हुन सक्ने चेतावनी दिएका छन्।
अमेरिकी अधिकारीहरूले अलास्का र हवाईका लागि सुनामी चेतावनी जारी गरेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
