ईन्द्रबहादुर बानियाँ बागमती कांग्रेस संसदीय दलको नेता निर्वाचित

बागमती प्रदेशसभा, नेपाली कांग्रेस संसदीय दलको नेतामा ईन्द्रबहादुर बानियाँ चयन भएका छन्।

काठमाडाैँ– बागमती प्रदेशसभा, नेपाली कांग्रेस संसदीय दलको नेतामा ईन्द्रबहादुर बानियाँ चयन भएका छन्। बुधबार सम्पन्न चुनावमा उनले २२ मत प्राप्त गरेर मुख्यमन्त्री बहादुरसिंह लामालाई पराजित गरेका हुन्।

निर्वाचन समितिका अनुसार मुख्यमन्त्री लामाले १४ मत प्राप्त गरे। निर्वाचनमा एक मत बदर भएको जनाइएको छ। निर्वाचनमा कांग्रेसका ३७ प्रदेशसभा सदस्यले मतदानमा भाग लिएका थिए।

यसअगाडिको दलको नेताको निर्वाचनमा पनि बानियाँ र लामाबीच नै प्रतिस्पर्धा भएको थियो। तत्कालीन समयमा लामाले २१ मत प्राप्त गरेर दलको नेतामा चयन हुनुभएको थियो बानियाँले १६ मत प्राप्त गरेका थिए।