काठमाडाैँ जिल्ला अदालतले अहिराजलाई बलात्कारसम्बन्धी मुद्दामा थुनामा पठाउन आदेश दिएको हो।
काठमाडाैँ– काठमाडाैँ जिल्ला अदालतले मधेश प्रदेशका पूर्वप्रमुख राजेश झा (अहिराज)लाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको छ।
न्यायाधीश पिताम्बर शर्माको इजलासले बलात्कारसम्बन्धी मुद्दामा अहिराजलाई पुर्पक्षका लागि थुनामा पठाउन बुधबार आदेश दिएको अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए। उनी आजै डिल्लीबजार कारागार चलान भएका छन्।
नयाँ बानेश्वरकी २३ वर्षीया युवतीले अहिराजविरुद्ध माघ ३ गते जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी दिएकी थिइन्। अहिराजले आफूलाई पटक–पटक बलात्कार गरेको र कसैलाई बताए ज्यान मार्ने धम्की पनि दिएको जाहेरीमा उल्लेख छ।
जाहेरी दर्ता भएलगत्तै फरार रहेका अहिराजलाई प्रहरीले काठमाडौँमै लुकेर बसेको सूचनाका आधारमा असार ४ गते पक्राउ गरेको थियो र अनुसन्धान अगाडि बढाएको थियो। प्रहरीले करिब एक साता लगाएर अनुसन्धान सकी बुझाएको प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको हो।
अहिराजविरुद्ध मुलुकी फौजदारी अपराध संहिता २०७४ को दफा २१९ को उपदफा २ को कसुर गरेको भन्दै खण्ड (ङ) बमोजिम ७ वर्षदेखि १० वर्षसम्मको सजाय मागदाबी गरिएको छ।
साथै, दफा २१९ को उपदफा (३ क) को खण्ड ग बमोजिम प्रतिवादी अहिराजसँग तीन लाख रुपैयाँ जरिबानाको पनि मागदाबी गरिएको छ।
अहिराज २०७७ फागुन ७ देखि २०७८ साउन ३२ गतेसम्म मधेश प्रदेशको प्रमुखका रूपमा कार्यरत थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
