पहिरोका कारण कालीगण्डकी सडक अवरुद्ध

कालीगण्डकी गाउँपालिकाको गरगरे र मुल्कमा बिहीबार बिहान चट्टानसहितको पहिरो खसेपछि उक्त सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

गुल्मी– पहिरोका कारण कालीगण्डकी सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। कालीगण्डकी गाउँपालिकाको गरगरे र मुल्कमा बिहीबार बिहान ठूलो चट्टानसहितको पहिरो खसेपछि उक्त सडक पूर्ण रूपमा अवरुद्ध भएको हो। 

सडक अवरुद्ध भएको जानकारी प्राप्त हुनासाथ प्रहरीचौकी पुर्तीघाटबाट सुरक्षाकर्मी परिचालन गरिएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गंगाबहादुर सारुले जानकारी दिए। उनका अनुसार पहिरो पन्छाउने प्रयास जारी छ।