महिला टी२० विश्वकप २०२६ को छनोट प्रतियोगिता नेपालमा हुने

खेल काठमाडौँको मूलपानीस्थित तल्लो र माथिल्लो मैदानमा हुनेछन्। सहभागी १० टिमबाट ४ टिम विश्वकपका लागि छनोट हुनेछन्।

काठमाडौँ– आईसीसी महिला टी२० विश्वकप २०२६ को छनोट प्रतियोगिता नेपालमा हुने भएको छ।

प्रतियोगिता सन् २०२६ जनवरी १२ देखि फेब्रुअरी १६ सम्म सञ्चालन हुने अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बिहीबार जनाएको छ। 

आईसीसीका अनुसार खेलहरू काठमाडौँको मूलपानीस्थित तल्लो र माथिल्लो मैदानमा हुनेछन्। प्रतियोगितामा १० टिमले सहभागिता जनाउनेछन्। जसमध्येबाट इंग्ल्यान्ड र वेल्समा हुने महिला टी२० विश्वकप २०२६ का लागि ४ टोली छनोट हुनेछन्।

नेपालमा हुने छनोट प्रतियोगितामा १० टोलीलाई दुई समूहमा विभाजन गरिनेछ। समूह चरणपछि सुपर सिक्स चरण हुँदै फाइनल खेल हुनेछ।

विश्वकपका लागि बांग्लादेश, आयरल्यान्ड, थाइल्यान्ड, नेपाल र अमेरिका छनोट भइसकेका छन्। बाँकी पाँच टिमको टुंगो लाग्न बाँकी रहेको छ।