कोटेश्वरमा ट्यांकरको ठक्करबाट मोटरसाइकलमा सवार १ जनाको मृत्यु

काठमाडौँको कोटेश्वरमा ट्यांकरको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।

काठमाडौँ– काठमाडौँको कोटेश्वरमा भएको सवारी दुर्घटनामा परी मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ।

बुधबार राति काठमाडौँ महानगरपालिका–३२, कोटेश्वरस्थित सडकमा बा प्र ०१–००४ ख ३२८७ नम्बरको ट्यांकरले बा प्र ०२–०३३ प २५४८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको थियो।

दुर्घटनामा मोटरसाइकलमा सवार कोटेश्वर बस्ने २५ वर्षीय नवराज तुम्सिङ मगर गम्भीर घाइते भएका थिए। उनलाई तत्काल केएमसी अस्पताल सिनामंगल पुर्‍याइएकोमा बिहीबार बिहान उपचारका क्रममा उनको निधन भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएका मोटरसाइकलका चालकको सोही अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले ट्यांकर चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको बताएको छ।