खटाएको स्थानमा २४ घण्टाभित्र हाजिर हुन २३ कर्मचारीलाई गृहको उर्दी

सरुवा वा पदस्थापन भएको कार्यालयमा एक महिनासम्म पनि नजाने कर्मचारीहरूमा १८ शाखा अधिकृत र ५ नायब सुब्बा छन्।

काठमाडौँ– गृह मन्त्रालयले खटाएको स्थानमा २४ घण्टाभित्र हाजिर हुन २३ कर्मचारीलाई निर्देशन दिएको छ। 

सरुवा वा पदस्थापन भएको कार्यालयमा एक महिनासम्म पनि नगएपछि गृहको कर्मचारी प्रशासन शाखाले बिहीबार निर्णय गर्दै २४ घण्टे उर्दी जारी गरेको हो। 

खटाएको स्थानमा नजाने कर्मचारीहरूमा १८ शाखा अधिकृत र ५ नायब सुब्बा छन्। null