गुणस्तर तथा नापतौल कार्यालयले नापतौलमा ठगी गर्ने तथा लामो समयदेखि नापतौल यन्त्रको नवीकरण नगर्ने दुई हजार ४३ उद्योगी तथा व्यावसायिक फर्मलाई कारबाही गरेको हो।
जनकपुरधाम– गुणस्तर तथा नापतौल कार्यालयले धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली र रामेछापका दुई हजारभन्दा बढी उद्योगी तथा व्यावसायिक फर्मलाई जरिवानासहित कारबाही गरेको छ। सो कार्यालयले नापतौलमा ठगी गर्ने तथा लामो समयदेखि नापतौल यन्त्रको नवीकरण नगर्ने दुई हजार ४३ उद्योगी तथा व्यावसायिक फर्मलाई कारबाही गरेको हो।
उल्लिखित पाँच जिल्ला कार्यक्षेत्र रहेको जनकपुरधामस्थित नापतौल कार्यालयले गत आर्थिक वर्ष २०८१/८२ मा व्यावसायिक कारोबारमा अनियमित काम गर्नेलाई कारबाही गर्नुका साथै अनुगमन तथा निरीक्षणका क्रममा नापतौल यन्त्रको इजाजतसमेत दिएको जनाएको छ।
कार्यालय प्रमुख सुनील यादवले अनुगमनका क्रममा उद्योगी व्यवसायीले आफूखुशी अनियमित रूपमा ढक तथा तराजु र ‘डिजिटल’ प्रविधिमा आधारित नापतौलयन्त्रको प्रयोग गरेको भेटिएपछि जरिबानासहित कानूनी दायरामा ल्याएको बताए।
प्रमुख यादवका अनुसार आर्थिक गत वर्षको साउनदेखि असारसम्म गरिएको स्थलगत अनुगमन तथा निरीक्षणका क्रममा इजाजतविना आफूखुशी नापतौल यन्त्रको प्रयोग गरेको तथा कम तौलको सामान दिई बढी रकम लिने गरेको गुनासोका आधारमा कानूनबमोजिम कारबाही गरिएको हो।
सो अवधिमा दुई हजार ६३० व्यवसायीको नापतौल यन्त्रको जाँच गरेकामा सर्लाहीको लालबन्दी तथा हरिवन नगरपालिका, महोत्तरीको गौशाला, रामेछापको मन्थली नगरपालिका र सिन्धुलीको कमलामाई नगरपालिका केही व्यवसायीको नापतौल यन्त्रको प्रयोगमा कैफियत देखिएपछि जरिवानासहित उनीहरूलाई सचेत गराइएको सो कार्यालयले जनाएको छ।
पटकपटक गरिएको एकल तथा संयुक्त अनुगमनका क्रममा सो कार्यालयले ५१ लाख एक हजार ९६० राजस्व संकलन गरेको जनाएको छ। अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा उक्त कार्यालयले ४० लाख ६७ हजार दुई ४२ राजस्व संकलन गरेको थियो।
कार्यालय प्रमुख यादवले पाँच जिल्लाको कार्यक्षेत्र रहेको कार्यालयको आफ्नै भवन नहुँदा अप्ठ्यारो भएको, भाडाको सानो घरमा बस्दा काम गर्ने वातावरण नभएको, ‘डोर’ अनुगमन तथा खटनपटनका लागि सवारीसाधनको सुविधा नभएको र कार्यालय सञ्चालनका लागि आवश्यक बजेटसमेत नभएको गुनासो गरे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
