डब्ल्यूएचओका अनुसार, गाजाको स्वास्थ्य सेवा प्रणाली अहिले चिकित्सा आपूर्ति र इन्धनको अभावका कारण सेवा दिन असमर्थ भएको छ। यसले गर्दा बिरामी र स्वास्थ्यकर्मी दुवैले पीडा भोग्नुपरेको छ।
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले गाजा क्षेत्रमा भोकमरीबाट हजारौँ मानिसको मृत्यु हुने जोखिम रहेको चेतावनी दिएको छ। संगठनले गाजामा अहिले अनिकालको सबैभन्दा गम्भीर अवस्था रहेको जनाएको छ।
शुक्रबार जारी विज्ञप्तिमा डब्ल्यूएचओले गाजाका बासिन्दालाई चरम खाद्यान्न अभाव र कुपोषणले सताएको उल्लेख गरेको छ। कुपोषणका कारण कैयौँ मानिस अंगभंग र मृत्युको जोखिममा रहेका छन्।
कुपोषणबाट निको हुन महिनौँको विशेष चिकित्सा हेरचाह र उपचारात्मक आहार आवश्यक पर्ने र यसका दीर्घकालीन असर पनि देखिन सक्ने संगठनले बताएको छ।
विज्ञप्तिअनुसार, गाजाको स्वास्थ्य सेवा प्रणाली अहिले चिकित्सा आपूर्ति र इन्धनको अभावका कारण सेवा दिन असमर्थ भएको छ। यसले गर्दा बिरामी र स्वास्थ्यकर्मी दुवैले पीडा भोग्नुपरेको छ।
डब्ल्यूएचओले सबै सम्भावित माध्यमबाट गाजामा मानवीय सहायता, खाना र औषधिको तत्काल र निर्वाध प्रवेशका लागि आह्वान गरेको छ। संगठनले इजरायललाई युद्धविरामका लागि आग्रह गर्दै सहयोगको वितरणलाई सहज बनाई नागरिकको पीडा अन्त्य गर्न सुरक्षित र द्रुत मार्ग सुनिश्चित गर्न भनेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
