बालुवा संकलन गर्न गर्न गएका बालकको करेन्ट लागेर मृत्यु

डिन्नीगाड खोलामा बालुवा संकलन गर्न गएका बालकले नजिकै रहेको विद्युत् पोलमा छुँदा करेन्ट लागेको प्रहरीले जनाएको छ।

बैतडी– बैतडीमा करेन्ट लागेर एक १३ वर्षीय बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा डिलाशैनी गाउँपालिका-३, गिरीबगरका किरण कोली रहेका छन्।

शनिबार दिउँसो उनी स्थानीय डिन्नीगाड खोलामा बालुवा संकलन गर्न गएका थिए। त्यही क्रममा नजिकै रहेको विद्युत् पोलमा छुँदा उनलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बलराम पाण्डेयले जानकारी दिए।

करेन्ट लागेर घाइते भएका कोलीलाई उपचारका लागि गोकुलेश्वर अस्पताल लगिएको थियो, तर चिकित्सकले मृत घोषणा गरेका थिए।