कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा आगलागी

तनहुँको घिरिङ गाउँपालिका–१, पुट्टारमा रहेको कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा आगलागी भएको छ।

दमौली– तनहुँको घिरिङ गाउँपालिका–१, पुट्टारमा रहेको कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा आगलागी भएको छ।

विद्युत् चुहावटका कारण शिक्षालयको भण्डार कोठामा आगो लागेको शिक्षालयका प्रमुख कृष्णबहादुर श्रेष्ठले जानकारी दिए। आगलागीबाट कागजपत्र, कम्प्युटर, प्रिन्टर र दुई वटा पङ्खामा क्षति पुगेको छ।

शनिबार दिउँसो क्यान्टिनमा खाजा खाने समयमा भण्डार कोठाबाट धुवाँ निस्केको देखेपछि शिक्षक, कर्मचारी, विद्यार्थी र सुरक्षाकर्मीको सहयोगमा अग्नि नियन्त्रक यन्त्रको प्रयोग गरी आगो नियन्त्रणमा लिइएको थियो।