गाईघाट र मोदी बेनी जलमापन केन्द्रमा जलसतह बढ्दो, सावधानी अपनाउन आग्रह

दिउँसो देशभर साधारणतया बदली रहनेछ। सबै प्रदेशमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।

गाईघाट र मोदी बेनी जलमापन केन्द्रमा जलसतह बढ्दो, सावधानी अपनाउन आग्रह
फाइल तस्वीर।

काठमाडौँ– उदयपुरको त्रियुगा गाईघाट जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ। जलसतह बढ्दो क्रममा रहेकाले नदीको तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागमा सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। 

उता, पर्वतस्थित कालीगण्डकी नदी, मोदी बेनी जलमापन केन्द्रमा पनि जलसतह तह सतर्कता तह आसपास रहेको तथा बढ्दो क्रममा रहेको छ। नदी तटीय क्षेत्र र कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

देशभर मनसुनी वायुको प्रभाव रहेको महाशाखाले जनाएको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको केही उत्तरतर्फ अवस्थित छ। 

दिउँसो देशभर साधारणतया बदली रहनेछ। सबै प्रदेशमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कोशी, लुम्बिनी र सुदूरपश्चिमका तराई भूभागमा भारी वर्षाको पनि सम्भावना छ।

राति देशभर साधारणतया बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत अन्य प्रदेशका तराई भूभागमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।

कोशी, मधेसल, लुम्बिनी र सुदूरपश्चिमका तराई भूभागमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।