चार वर्षअघि आङ सान सुकीको सरकार अपदस्थ गरेपछि घोषणा गरिएको आपत्कालीन अवस्थालाई जुन्टाले बिहीबार अन्त्य गरेको छ।
म्यानमारको सेनाप्रति बफादार (जुन्टा) सरकारले विद्रोहीको कब्जामा रहेको रुबीखानी क्षेत्रमा गरेको हवाई आक्रमणमा १३ जनाको मृत्यु भएको छ।
स्थानीय समयअनुसार बिहान ८ः१५ बजे भएको आक्रमणमा सात जनाको घटनास्थलमा नै र ६ जनाको उपचारका क्रममा मृत्यु भएको एक स्थानीयले बताए।
उनका अनुसार मृत्यु हुनेमा एक बौद्ध भिक्षु र एउटै मोटरसाइकलमा सवार एक बाबु र छोरासमेत रहेको जनाइएको छ। “सो क्षेत्रबाट अघि बढिरहेको एउटा कारलाई पनि आक्रमणबाट ठक्कर लागेको र चालकसहित सात जना घाइते भएका छन्,” नाम नबताउने शर्तमा ती स्थानीयले भने।
शुरूमा विद्रोहीको संयुक्त आक्रमणबाट पछि हटे पनि पछिल्लो समय सेनाले उक्त क्षेत्र नियन्त्रण लिएको छ। म्यान्मारको मध्य भागमा रहेको थाबेइकिन सुनखानी केन्द्रसहित केही महत्त्वपूर्ण बस्तीलाई सेनाले हालै पुनः कब्जामा लिएको छ।
सन् २०२१ मा सेनाले सत्ता कब्जा गरेयता म्यान्मारलाई गृहयुद्धले तहसनहस पारेको छ। म्यानमाका प्रजातन्त्र समर्थक समूहले लामो समयदेखि सक्रिय जातीय सशस्त्र समूहसँग नागरिकका सार्वजनिक सरोकारका विषयमा ठाउँ–ठाउँमा सहकार्य गरिरहेका छन्।
रूबी व्यापारको केन्द्रसहित मोगोक शहरसहित धेरै क्षेत्रमा सेनाको कारबाहीले शुरूमा खासै प्रभाव पारेको थिएन। सन् २०२३ को अन्त्यमा शुरू भएको संयुक्त आक्रमणले उक्त क्षेत्र कब्जा गर्न सफल भएको छ। सेनाले उक्त क्षेत्रमा आफ्नो उपस्थिति देखाउन चिनियाँ हतियारको सहयोग लिएको छ।
चार वर्षअघि आङ सान सुकीको सरकार अपदस्थ गरेपछि घोषणा गरिएको आपत्कालीन अवस्थालाई जुन्टाले बिहीबार अन्त्य गरेको छ। उसले डिसेम्बरमा हुने निर्वाचनलाई द्वन्द्वका लागि तयारीको रणनीतिको संज्ञा दिएको छ।
यद्यपि, सुकी अझै पनि जेलमा रहेका बेला अपदस्थ सांसदलगायत विपक्षी समूहले निर्वाचन बहिष्कार गरिरहेका छन्। (रासस/एएफपी)
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
