गएरातिको वर्षाले मधेशका किसानलाई केही राहत दिए पनि पर्याप्त पानी नपर्दा अझै आधाभन्दा बढी धान रोपाइँ हुन सकेको छैन।
सिरहा– मनसुन भित्रिएको लामो समयसम्म तराई क्षेत्रमा पानी नपर्दा चिन्तित बनेका किसान गएरातिको वर्षाले राहत महसुस गरेका छन्। खडेरीका कारण झन्डै ५० प्रतिशत धान रोपाइँ बाँकी रहेको अवस्थामा पानी परेपछि किसानलाई राहत मिलेको हो।
यहाँका किसानका अनुसार पानीको अभावमा खेत सुकेका थिए, बीउ पहेँलिएको थियो र धान रोप्ने अवस्था थिएन। तर गएराति परेको पानीले केही आशा पलाएको छ। लहान– १८ का किसान वीरेन्द्र चौधरीले भने, “पहेँलिएका बीउ रोप्न पाउने आशा पलाएको छ, यद्यपि अझै पर्याप्त पानीको अभाव छ।”
लहान नगरपालिकाका कृषि संयोजक बद्रीनारायण यादवका अनुसार राति परेको पानी पनि पर्याप्त छैन। “अझ एक दिन निरन्तर पानी परेको भए रोपाइँ सहज हुने थियो,” उनले भने, “तर आजको मौसम हेर्दा त्यस्तो सम्भावना देखिँदैन।”
सिहकाको दक्षिणी भू–भागमा भूमिगत पानीको प्रयोग गरी रोपाइँ गरिए पनि उत्तरी भेगका अधिकांश किसानले रोपाइँ गर्न सकेका थिएनन्। कृषि ज्ञानकेन्द्र सिरहाको अनुसार गत शुक्रबारसम्मको तथ्यांकअनुसार जिल्लामा ५० प्रतिशत मात्र धान रोपाइँ भएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा नेपालतर्फ सरिरहेको छ। यही कारणले केही स्थानमा हल्कादेखि मध्यम वर्षा मापन गरिएको छ। तर यो प्रणाली लामो समय भारततर्फ सक्रिय रहेको हुँदा मधेशमा सुख्खा रहेको विभागले जनाएको छ।
विभागको विगत २४ घण्टामा मधेशका विभिन्न स्थानमा हल्कादेखि मध्यम मात्राको वर्षा मापन गरिएको छ। विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार सिरहामा ९९.४ मिलिमिटर, सप्तरीको बरमझियामा ९१.८ मिलिमिटर, लहानमा ७७.२ मिलिमिटर, धनुषाको हर्दिनाथमा ४७ मिलिमिटर, चिसापानीमा ६८.२ मिलिमिटर, सिरहाको गोलबजारमा ५२.२ मिलिमिटर, महोत्तरीको गौशालामा ५७.६ मिलिमिटर, धनुषाको तुलसीमा ४७.६ मिलिमिटर तथा सर्लाहीमा ४८ मिलिमिटर वर्षा भएको छ। बारा, पर्सा र रौतहटमा भने केवल हल्का वर्षा मात्र मापन गरिएको छ।
बाँकी खेतमा रोपाइँ सम्पन्न गर्न तराईका किसानलाई अझै केही दिन निरन्तर वर्षाको आवश्यकता देखिएको छ। अहिले सबैको नजर आगामी दिनको मौसममा टिकेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
