गोरखाबाट नारायणगढ जाँदै गरेको बस तनहुँको आँबुखैरेनी गाउँपालिका-२, ऐनापहरामा आइतबार दिउँसो दुर्घटनामा परेको छ।
काठमाडौँ– तनहुँको आँबुखैरेनी गाउँपालिका-२, ऐनापहरामा यात्रुवाहक बस दुर्घटनामा परेको छ।
गोरखाबाट नारायणगढतर्फ जाँदै गरेको ग२ख १०७७ नम्बरको बस आइतबार दिउँसो करिब ४:२० बजे मर्स्याङ्दी नदीमा खसेको हो।
दुर्घटनाको जानकारी प्राप्त भएलगत्तै सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम शिक्षालय (कुरिनटार) र नम्बर २३ मनकामना गण (तनहुँ) बाट उद्धार टोली घटनास्थलतर्फ खटिएको छ।
सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार, दुर्घटनामा परेकामध्ये पाँच जना घाइतेलाई आँबुखैरेनी अस्पताल पुर्याइएको छ। बसमा अन्य घाइतेहरू भए नभएकोबारे यकिन गर्न उद्धार कार्य जारी रहेको उनले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
