संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटि छानबिन गर्न गठित समितिले आफ्नो प्रतिवेदन आइतबार प्रतिनिधिसभामा पेश गर्ने तयारी गरेको छ।
काठमाडौँ– संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटि छानबिनका लागि गठित विशेष समितिले आफ्नो प्रतिवेदन आइतबार प्रतिनिधिसभामा पेश गर्ने तयारी गरेको छ।
समितिका सभापति जीवन परियारले समितिलाई दिइएको जिम्मेवारीअनुसार प्रतिवेदनलाई अन्तिम रूप दिने काम भइरहेको जानकारी दिए। उनले अध्ययनका क्रममा त्रुटि कसरी भयो, त्यसको कारण के थियो र प्रतिवेदन तयार गर्ने प्रक्रियामा कहाँ कमजोरी भयो भन्नेबारे विस्तृत विश्लेषण गरिएको बताए।
प्रतिनिधिसभाले गत असार २३ गते उच्चस्तरीय छानबिन विशेष समिति गठन गरेको थियो। सभापति परियारका अनुसार, प्रतिवेदन तयार गर्दा भविष्यमा यस्ता त्रुटिहरू दोहोरिन नदिन सरोकारवाला व्यक्तिसमेत विभिन्न कोणबाट परामर्श गरिएको छ। “कतिपय विषयमा प्रक्रियागत ढंगबाट पनि सोच्नुपर्ने रहेछ भन्ने निष्कर्षमा पुगेका छौँ,” उनले भने।
उनले यो प्रतिवेदनले आगामी दिनमा विधेयक निर्माण र प्रतिवेदन लेखनका लागि महत्त्वपूर्ण सुझाव सामग्रीको रूपमा काम गर्ने विश्वास व्यक्त गरे। विगतमा पनि यस्ता कमीकमजोरी भएका भए पनि यसपटकको त्रुटि निकै गम्भीर भएकाले अब यस्ता घटना दोहोरिन नदिने उद्देश्यले काम भएको उनको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
