राष्ट्रपति, उपराष्ट्रपति तथा राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी थाल्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन आयोगलाई आग्रह गरेका छन्।
काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनको तयारी थाल्न निर्वाचन आयोगलाई आग्रह गरेका छन्।
सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गर्दै प्रधानमन्त्री प्रचण्डले संविधान र कानुनमा व्यवस्था भएबमोजिम राष्ट्रपति, उपराष्ट्रपति र राष्ट्रियसभा सदस्यको रिक्त रहेको १ स्थानमा निर्वाचनका लागि आवश्यक प्रक्रिया थाल्न आयोगका पदाधिकारीसँग आग्रह गरेका हुन्।
प्रधानमन्त्री प्रचण्डले आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियालगायत आयोगका पदाधिकारीसँग उक्त पदहरूका लागि निर्वाचन प्रकिया अघि बढाउन आग्रह गरेको प्रमुख आयुक्त थपलियाले जानकारी दिए।
उनले भने, “राष्ट्रपति उपराष्ट्रपतिको टुंगो लगाउनु अहिलको आवश्यकता हो। प्रधानमन्त्रीले हामीलाई यी पदहरूको निर्वाचन प्रक्रिया अगाडि बढाउन आग्रह गर्नुभएको छ। यसैका आधारमा आयोगले अब काम थाल्छ।”
छलफलका क्रममा प्रधानमन्त्रीले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनका लागि राजनीतिक दलहरूबीच छलफल गरेर निष्कर्षमा पुग्ने बताएका थिए।
बैठकमा आयोगका प्रमुख आयुक्त थपलिया लगायत आयुक्तहरूले निर्वाचन आयोगको कामकार्वाही र निर्वाचन प्रक्रियाबारे जानकारी गराएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
