प्रतिनिधिसभाको बैठकमा सांसदले बहुविवाहलाई कानूनी मान्यता दिने गरी विधेयकको मस्यौदा तयार भइरहेको भन्ने चर्चामाथि सरकारको जवाफ मागेका छन्।
काठमाडौँ– सांसदले बहुविवाहलाई कानूनी मान्यता दिने गरी विधेयकको मस्यौदा तयार भइरहेको भन्ने चर्चामाथि सरकारको जवाफ मागेका छन्। प्रतिनिधिसभाको सोमबारको बैठकको आकस्मिक समयमा सांसदले यो विषयको सत्यतामाथि प्रश्न उठाउँदै सरकारको ध्यानाकर्षण गराएका हुन्।
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले बहुविवाहलाई कानूनी मान्यता दिने गरी विधेयकको मस्यौदा तयार गरिरहेको भन्ने सार्वजनिक चर्चा र सञ्चारमाध्यममा आएका समाचारप्रति सांसदले आपत्ति जनाए।
सांसद सुनिता बरालले बहुविवाह गैरकानूनी भएको र यसलाई मान्यता दिने कुनै पनि प्रयासलाई अस्वीकार्य ठहर गर्दै संसद्मा सरकारको स्पष्ट जवाफ माग गरिन्। “समाजमा महिलाहिंसाको दर उच्च छ। यस्तो संवेदनशील विषयमा कानून निर्माणको प्रक्रिया गम्भीर र जिम्मेवार ढंगले हुनुपर्छ,” उनले भनिन्।
सांसद रूपा सोशी (चौधरी)ले यो विषयको सत्यताका बारेमा प्रश्न उठाइन्। “महिलाहरू आज पनि आफ्नो अधिकारका लागि संघर्षरत छन्, त्यही बेला बहुविवाहलाई वैधानिकता दिने विषय आउनु गम्भीर विषय हो,” उनले भनिन्।
सांसद रमा कोइराला पौड्यालले पनि बहुविवाहसम्बन्धी कानूनी मस्यौदा संसद्मा नआइपुग्दै सामाजिक सञ्जाल र सञ्चारमाध्यममा यसको चर्चा हुनु आफैँमा चिन्ताको विषय भएको बताइन्। उनले विषयको संवेदनशीलतालाई ध्यानमा राख्दै मन्त्रालयले स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने आवश्यकता औँल्याइन्।
सांसदले बैठकमा बहुविवाहसँगै किसानका समस्यालाई पनि प्रमुख रूपमा उठाएका छन्। सांसद रामप्रकाश चौधरीले तराई–मधेश क्षेत्रलाई विपद् संकटग्रस्त घोषणा गरिए पनि किसानले राहत महसुस नगरेको बताए। “सिँचाइ अभाव, पुराना डिप ट्युबवेल बिग्रिएर काम नलाग्ने हुनु, सिँचाइका लागि पर्याप्त विद्युत् पूर्वाधार अभाव, मलखाद अभावजस्ता समस्याले किसान बिचल्लीमा छन्,” उनले भने।
सरकारले सहुलियतमा मल दिने भनिए पनि त्यो किसानको हातसम्म नपुगेको सांसद ईश्वरीदेवी न्यौपानेको भनाइ छ। सांसद रञ्जुकुमारी झाले तराईलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरिएको र यस वर्ष अन्न उत्पादनमा गिरावट आउने देखिएको बताइन्। तराई क्षेत्रमा पानीको अभाव हुन नदिने दीर्घकालीन समाधानका लागि चुरे संरक्षण र प्रभावकारी सिँचाइ आयोजना निर्माण जरुरी रहेको उनले बताए।
सांसद ज्वालाकुमारी साहले वीर अस्पतालमा चिकित्सकको सेवा सुविधा अपुग रहेको, लामो समयदेखि दरबन्दी नबढेको र चिकित्सकहरू न्यून सेवा सुविधाको भरमा सेवा दिइरहेको विषय सदनमा उठाइन्। सांसद रामकुमार राई र सांसद ज्ञानु बस्नेत सुवेदीले सवारी दुर्घटनाको सङ्ख्या बढ्दै गएको विषयमा चिन्ता व्यक्त गर्दै सवारीसाधनको प्राविधिक परीक्षण र सडक सुधारको माग गरे।
सांसद कृष्णकुमार श्रेष्ठले सिमरा क्षेत्रका उद्योगहरूबाट निस्कने रासायनिक फोहरले स्वास्थ्य, पशुचौपाया र बालीमा असर पारिरहेको बताउँदै तत्काल व्यवस्थापनको माग गरे।
सांसद बिजुला रायमाझीले अर्घाखाँचीमा बाँदर र बँदेलले बाली नष्ट गरिरहेको विषय उठाउँदै यसको स्थायी समाधान खोज्न सदनमार्फत सरकारको ध्यानाकर्षण गराइन्।
बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिनको माग दोहोर्याउँदै विरोध जारी राखेका छन्।
रास्वपाका सांसद असिम शाह र राप्रपा सांसद ध्रुवबहादुर प्रधानले सरकारमा रहेका मन्त्रीहरू नै एकपछि अर्को गरी भ्रष्टाचार तथा आर्थिक अनियमिततामा मुछिनु गम्भीर विषय रहेको धारणा राखे।
तर रास्वपा र राप्रपाको विरोधको औचित्य नरहेको धारणा आजको बैठकमा नेपाली कांग्रेसका सांसद श्यामकुमार घिमिरे गराए। “सरकारले छानबिन समिति गठन गरिसकेको अवस्थामा संसद् बहिष्कार गर्नु उचित होइन। आफ्ना कुरा राख्ने र बैठक बहिस्कार गर्ने प्रतिपक्षी दलको विरोध औचित्यहीन छ। यस्ता गतिविधिले संसद्को मर्यादा कायम हुन सक्दैन,” घिमिरेले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||

महिलाहरू द्वारा पिडित भएका पुरुषहरुको आवाज चै कसले सुनिदिने होला ? महिला अधिकारका नाममा घरमा महिलाले ल्यााएको बितणडाा र भाडभैलो ले समाजमै बसिनसक्ने भएर उठिबास भएकाछन् तिनीहरुको पीडा कसले बुझने ? महिला सशक्तीकरण को नाममा आफ्नो घर परिवारलाई लत्याएर नसामा मस्तभई अन्यत्र र अन्य पुरुषसंग मस्त भएका अनेक उदाहरणहरु प्रसस्त छन् यसको आवाज कसले उठाउने ?
केशव संग्रौला
3 months, 2 weeks ago