वर्षाले मुगुको छायानाथ रारा नगरपालिका-१० मा नौ घर भत्किँएका छन्। पीडितले अहिलेसम्म कुनै पनि सरकारी निकायबाट राहत नपाएको गुनासो गरेका छन्।
मुगु– लगातारको वर्षाका कारण मुगुको छायानाथ रारा नगरपालिका–१०, चराप गाउँमा नौ घर भत्किँदा पीडित परिवार बिचल्लीमा परेका छन्। साउन ११ देखि १४ गतेसम्मको अविरल वर्षाले चार घर पूर्ण र पाँच घर आंशिक रूपमा क्षतिग्रस्त भएका छन्।
घरहरू भत्किएपछि नौ घरपरिवार घरविहीन भई छिमेकीहरूको घरमा शरण लिन बाध्य भएका छन्। मानवीय क्षति नभए पनि घरभित्रका सबै सामान—अन्न, भाँडाकुँडा, लत्ताकपडा र गरगहना—नष्ट भएका छन्। स्थानीय बासिन्दा देवी कृष्ण बुढाका अनुसार, तीन दिनसम्मको लगातार वर्षापछि साउन १४ गते साँझ घरहरू भत्किएका हुन्।
पीडितले अहिलेसम्म कुनै पनि सरकारी निकायबाट राहत नपाएको गुनासो गरेका छन्। स्थानीय सिर्जना बडुवालले भनिन्, “घर भत्किएको हप्ता दिन भइसक्यो, मुचुल्का गर्न प्रहरी मात्र पुगेको छ। अहिले छिमेकीहरूको सहयोगमा बाँचिरहेका छौँ।”
यद्यपि, स्पेनमा बस्दै आएका मुगुका स्थायी बासिन्दा अक्कल बोहोराले पीडित परिवारलाई तत्कालका लागि एक बोरा चामल, त्रिपाल र अन्य दैनिक उपभोग्य सामग्री उपलब्ध गराएर सहयोग गरेका छन्।
जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेले राहत वितरणमा ढिलाइ भएको स्वीकार गर्दै स्थानीय तहले तत्काल राहत उपलब्ध गराउनका लागि पहल भइरहेको बताए। उनले स्थानीय तह राहत कार्यविधि २०८१ अनुसार, पालिकाले तत्काल राहत उपलब्ध गराएर पछि जिल्ला विपद् व्यवस्थापन समितिबाट अनुमोदन गराउनुपर्ने प्रावधान रहेको जानकारी दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
