कक्षा १२ को नतिजा सार्वजनिक, ६१.१७ प्रतिशत उत्तीर्ण

कक्षा १२ को परीक्षामा ६१.१७ प्रतिशत उत्तीर्ण भएका छन् भने ३८.८३ प्रतिशत विद्यार्थी ननग्रेड भएका छन्।

काठमाडौँ– राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ।

बोर्डले गत चैत्र २१ देखि २९ गतेसम्म सञ्चालन भएको परीक्षाको नतिजा सोमबार सार्वजनिक गरिएको हो।

यस वर्षको परीक्षामा सहभागी भएका पाँच लाख ११ हजार ५२५ परीक्षार्थीमध्ये ६१.१७ प्रतिशत उत्तीर्ण भएका छन्।

यो गत वर्षको ५२ प्रतिशतको तुलनामा सुधारिएको नतिजा हो। यसपटक ३८.८३ प्रतिशत विद्यार्थी ननग्रेड भएका छन्।

शिक्षक आन्दोलनका कारण परीक्षा तालिका केही दिन ढिलो भएकोले नतिजा प्रकाशनमा पनि ढिलाइ भएको बोर्डले जनाएको छ। 

बोर्डले आगामी भदौ २८ र २९ गते पूरक परीक्षा (ग्रेड वृद्धि) सञ्चालन गर्ने भएको छ।