काठमाडौँबाट सुनसरीतर्फ जाँदै गरेको ट्रक सोमबार साँझ दुर्घटना हुँदा उदयपुर रौतामाई–७ का ७२ वर्षीय टंकबहादुर लामिछाने मगरको मृत्यु भएको छ।
उदयपुर– उदयपुरगढी गाउँपालिका–७ मदन भण्डारी मार्गस्थित जोगीपोखरीमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
काठमाडौँबाट सुनसरीतर्फ जाँदै गरेको प्रदेश ३–०१००–६ख ०५६१ नम्बरको ट्रक सोमबार साँझ दुर्घटना हुँदा उदयपुर रौतामाई–७ का ७२ वर्षीय टंकबहादुर लामिछाने मगरको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी केदारमान दोङका अनुसार दुर्घटनामा ट्रकका सहचालक दोलखा कालिन्चोक गाउँपालिका–४ का ४० वर्षीय गोमे दर्जी घाइते भएका छन्। उनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।
प्रहरीले ट्रकका चालक काभ्रेपलान्चोक बनेपा नगरपालिका–१४ का ५४ वर्षीय नवराज राउतलाई नियन्त्रणमा लिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
