पहिरोले दाङ–सल्यान सडक अवरुद्ध

दाङ–सल्यानको सिमाना नजिकै पहिरो गएपछि मंगलबार बिहानदेखि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। सडक खुलाउने प्रयास भइरहेको छ।

पहिरोले दाङ–सल्यान सडक अवरुद्ध
फाइल तस्वीर।

दाङ– अविरल वर्षापछि खसेको पहिरोका कारण राप्ती राजमार्गअन्तर्गत दाङ–सल्यान सडकखण्ड अवरुद्ध भएको छ।

दाङ–सल्यानको सिमाना नजिकै पहिरो गएपछि मंगलबार बिहानैदेखि सडक पूर्ण रूपमा अवरुद्ध भएको कपुरकोट प्रहरी चौकीका प्रमुख टंकेश्वर भट्टराईले जानकारी दिए। 

लगातारको वर्षाका कारण कपुरकोट गाउँपालिका–३ स्थित सडकखण्डमा सवारी आवागमन रोकिएका हुन्। सडक खुलाउने प्रयास भइरहेको उनले जानकारी दिए। 

यात्रीलाई वैकल्पिक मार्ग वा आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।