लगातारको वर्षाका कारण पहिरो गएर गुल्मी र पाल्पाका प्रमुख राजमार्ग अवरुद्ध हुँदा यात्रुहरूलाई गन्तव्यमा पुग्न समस्या भएको छ।
गुल्मी– लगातारको वर्षाका कारण पहिरो जाँदा गुल्मी र पाल्पाका प्रमुख राजमार्ग अवरुद्ध भएका छन्। सडक अवरुद्ध हुँदा यात्रुहरूलाई गन्तव्यमा पुग्न समस्या भएको छ।
गुल्मीमा रिडी-तम्घास सडक बन्द
गुल्मीमा मदन भण्डारी राजमार्गअन्तर्गतको रिडी-तम्घास सडकखण्ड अवरुद्ध भएको छ। रुरुक्षेत्र गाउँपालिका–३ बाख्रेभीरमा पहिरो खसेपछि यो सडक अवरुद्ध भएको गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले जानकारी दिए। रिडी–तम्घास सडकखण्ड फराकिलो बनाउने काम भइरहेको छ।
त्यसैगरी, मंगलबार बिहानदेखि अवरुद्ध बनेको कालीगण्डकी करिडोर, रिडी–वामीटक्सार र रिडी–खज्र्याङ् सडक सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिए।
तीन दिनदेखि गुल्मीसहित आसपासका क्षेत्रमा निरन्तर वर्षा भइरहेको छ। बाढी र पहिरोको जोखिम बढ्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालयले तटीय क्षेत्रका नागरिकलाई सचेत रहन आग्रह गरेको छ।
पाल्पा–बुटवल खण्डमा सडक अवरुद्ध
पाल्पामा सिद्धार्थ राजमार्गअन्तर्गतको पाल्पा–बुटवल सडकखण्ड पनि पहिरोका कारण अवरुद्ध भएको छ। विशेषगरी, सिद्धबाबा क्षेत्रमा तीन ठाउँमा ढुंगासहितको पहिरो खसेपछि सोमबार साँझदेखि सडक पूर्ण रूपमा बन्द भएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रवीण आचार्यले जानकारी दिए।
तिनाउ गाउँपालिका–३ दोभान प्रहरीचौकी नजिक पहिरो खसेको छ। निरन्तर वर्षा भइरहेकाले पहिरो पन्छाउने काममा कठिनाइ भएको छ। सोमबार पहिरो पन्छाएर एकतर्फी सवारीसाधन सञ्चालनमा ल्याए पनि रातिदेखि पुनः सडक अवरुद्ध भएको हो।
सडक अवरुद्ध भएपछि स्याङ्जा, पोखरा, बागलुङलगायतका क्षेत्रबाट आएका सवारीसाधन बाटोमै रोकिएका छन्। जिल्ला प्रशासन कार्यालयले जोखिम रहेकाले सबैलाई सतर्कता अपनाउन अनुरोध गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
